१६ चैत्र २०८० शुक्रबार
समाज

मट्टीतेल खन्याएर आफैलाई आगो लगाएका युवकको मृत्यु

रुपन्देहीको देवदह ७ को क्वारेन्टिनमा स्वयंसेवकको रुपमा बसेका एक युवकको जलेर मृत्यु भएको छ । देवदह ५ का २४ बर्षे विपिन बस्यालको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचारका क्रममा केही बेरअघि मृत्यु भएको हो।  

ती युवकले आज बिहान करिब पौने ४ बजेतिर क्वारेन्टिन राखिएको भवनको आँगनमा आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको बताइएको छ। देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक दिपक महतले प्रारम्भिक अनुशन्धानमा मट्टीतेल खन्याएर आगो लगाएको खुले पनि घटना बारे थप अनुशन्धान भइरहेको बताए। ‘घटना किन  र कसरी घटयो अनुशन्धान  हुँदैछ’ प्रहरी निरीक्षक महतले भने।

देवदह ७ सित्तलनगरस्थित मगर संघको भवनमा राखिएको क्वारेन्टिनमा  उनी हप्ता÷दश दिनदेखि गार्डको रुपमा खटिएका थिए।  आज बिहान पौने चार बजेतिर क्वारेन्टिन भएको समुदायिक भवनको आगनमा मानिस जल्दै गरेको देखेपछि क्वारेन्टिनमा बस्नेहरु र स्थानीयले प्रहरीलाइ खबर गरेका थिए।

ती युवकका बुवा सोही नगरपालिकाका कर्मचारी रहेको बताइएको छ। मृत्तक युवकले स्वास्थ्य सम्बन्धि नै अध्ययन गरिरहेको पनि बताइएको छ। देवदहको जनप्रिय र केरवानी माविमा रहेका क्वारेन्टिन खाली गरी  केही दिनअघि मगरसंघको भवनमा क्वारेन्टिन बनाइएको वडा नं. ७ का वडाध्यक्ष पदम थापाले बताए। थापाका अनुसार मृत्तक सोही क्वारेन्टिनमा गार्डको रुपमा खटिएका थिए। सो क्वारेन्टिनमा अहिले भारत तथा तेश्रो मुलुकबाट आएका १५ जना राखिएको छ। 

प्रकाशित: २० श्रावण २०७७ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App