८ वैशाख २०८१ शनिबार
समाज

इटहरीमा समुदायस्तरमा कोरोना संक्रमित बढ्दै

थप चार जनामा कोरोना पुष्टि

इटहरीमा समुदायस्तरमै कोरोनाको संक्रमण देखा पर्ने क्रम बढ्दो छ। समुदायस्तरमा पहिलोपटक इटहरीमा उपमहानगरपालिकका एक जना इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएपछि पिसिआर चेकजाँच बढाएसँगै थप चार जनामा पुष्टि भएको छ। 

 उपमहानगरपालिकाको योजना फाटमा कार्यरत इन्जिनियरमा कोरोना पोजेटिभ भेटिएपछि उपमहानगरपालिकका र सवै वडा कार्यालयबाट प्रवाह हुने अति आवश्यक र स्वास्थ्यबाहेक अन्य सेवा बन्द गरेर पिसिआर चेकजाँच बढाएको हो। जसमा इन्जिनियरका छोरामा पनि कोरोना पुष्टि भएको छ। यस्तै, इटहरी उपमहानगरपालिकाकै सवारी चालकमा पनि कोरोना पुष्टि भएको छ।  

इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीका अनुसार इलाका प्रहरी कार्यालयका थुनुवामा पनि कोरोना पुष्टि भएको छ। सवारी ज्यानका थुनुवा साउन ९ गतेदेखि प्रहरीको नियन्त्रणमा रहेका थिए। उनलाई अहिले उपचारका लागि गोठगाउँ मोरङमा लगिएको  छ। नौ दिनअघि पनि इटहरी प्रहरी कार्यालयको थुनामा एक रात बसेका एक युवामा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो। इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षमा साउन ४ गते राति बसेका विराटनगरका युवामा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

राजस्व चुहावटको आरोपमा राजस्व अनुसन्न्धान एकाई कार्यालय इटहरीले पक्राउ गरि साउन ४ गते इटहरी प्रहरी कार्यालयमा राखिएको थियो। तर, आज कोरोना पुष्टि भएका पुरुष भने साउन ९ गतेदेखि मात्रै प्रहरी कार्यालयमा बसेका थिए। कोरोना पोजेटिभको संख्या बढीरहेका बेला इटहरी वडा नं. १ मा भारतबाट आएर होम क्वारेन्टाइनमै बसेका एक पुरुषमा पनि पुष्टि भएको छ।  

प्रकाशित: १९ श्रावण २०७७ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App