७ वैशाख २०८१ शुक्रबार
समाज

धेरै ठाउँमा वर्षाको सम्भावना, २४ घण्टासम्म सतर्क रहन चेतावनी

आज सोमबार पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको धरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षासमेत हुन सक्ने अनुमान छ ।  

यस्तै राति पनि देशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १ र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  

बिहान ६ बजे जारी गरिएको बुलेटिनमा २४ घण्टे चेतावनी पनि दिइएको छ। त्यसमा भनिएको छ- देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने देखिएकाले उक्त स्थानमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बाढीकाे सम्भावना

वर्षासँगै देशका विभिन्न नदी खाेलामा बाढीकाे जाेखिम रहेकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार आज कोसीका मुख्य सहायक नदी- तमोर, सुनकोसीमा बहाब सतर्कतासम्म पुग्न सक्ने सम्भावना छ भने कमला, बागमती, पश्चिमराप्ती, बबईका केही साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कतासम्म पुग्न सक्ने अनुमान गरिएकाे छ। 

थप विवरण तलकाे सूचनामा :

प्रकाशित: १९ श्रावण २०७७ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App