१६ चैत्र २०८० शुक्रबार
समाज

वीरगन्जमा कोरोनाबाट अर्को एक महिलाको पनि मृत्यु

वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शुक्रबार त्यहाँ एकजना ५० वर्षीय महिलाको मृत्यु भएको थियो भने शनिबार अर्को ६८ वर्षीय महिलाको मृत्यु भएको हो । ज्वरो र निमोनिया भएपछि बुधबार अस्पताल भर्ना भएकी वीरगन्ज-१६ नगवाकी ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या देखिएको उनलाई बयोधाबाट नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए । शुक्रबार राति ११ बजे आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको थियो। 

यो पनि पढ्नुहोस्

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

प्रकाशित: १७ श्रावण २०७७ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App