coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालबालिकालाई भत्ता

सायल गाउँपालिकाले एकल पुरुष र अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । जिल्लाको रहेका नौ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले पहिलो पटक भत्ता वितरण गर्न शुरुआत गरेको हो ।

गाउँपालिकाले दलित र गैरदलित समुदायका ५० देखि ६० वर्षसम्मका एकल पुरुषलाई मासिक रुपमा ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको हो । त्यसैगरी आमा बुवा नभएका बालबालिकालाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिन थालिएको छ । आव २०७६÷७७ को गाउँसभाबाट एकल पुरुष र बुवाआमा नभएका बालबालिकालाई सामाजिक सुरक्षा दिने प्रस्ताव पारित भएसँगै कार्यविधि निर्माण गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिन थालिएको गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

गाउँपालिका भित्रका ४३ जना पुरुष र विद्यालय नियमित जाने आमाबुवाविहीन १७ जना बालबालिकालाई अघिल्लो आर्थिक वर्षको रकम एकमुष्ट यस वर्षको साउन महिनामा वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता दिने कार्यको शुरुआत सायल सायल–४ बाट गरिएको छ । भत्ता पाउन थालेपछि त्यहाँका एकल पुरुष तथा आमाबुवाविहीन बालबालिका निकै खुसी भएका छन् ।

प्रकाशित: १७ श्रावण २०७७ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App