७ वैशाख २०८१ शुक्रबार
समाज

जातिय बिभेद कायमै दलितलाई सुर्मा मन्दिर प्रवेश निषेध

'दलितको हातले बनाएको आलम(कपडाको नेजा)बिनायो, बासुरी, कागीयो लगाएतका पूजा सामाग्री देबि देवतालाई पूजा गर्ने चल्ने तर हामीले भने देबीको र्दशन गर्नेको नाउमा मन्दिर मात्र हैन गेटसम्म समेत छुन नमिल्ने यो कस्तो मानव सभ्यता हो' जय पृथ्बी नगरपालिका १ का श्याम नेपालीको भनाई हो यो ।

उनले भने 'यो वर्ष सुर्मा गाउँपालिका ४ मा रहेको सुर्मा देबीको दर्शन गर्ने भनेर पूजा सामाग्री तयारी गरेर घरबाट हिडे पनि मन्दिरमा हैन बाटो र गेट समेत छुन नपाईने हुन्छ । गैर दलितले लखेट्छन् । देबीको नाउमा गैर दलितले दलितमाथि थिचोमीचो हुन्छ भन्ने भएपछि बीच बाटोबाट फिर्ता हुनु परेको छ । दलितको श्रम चल्ने, शिप चल्ने तर सबैका भगवना एकै भए पनि गैर दलितले पूजा गर्ने मन्दिर दलितलाई नचल्ने कस्तो न्याय हो यो । देशमा आमुल परिर्वतन भए पनि गाउँमा भने दलितको अवस्था उस्तै छ ।'

गाउँपालिकाको आयोजनामा दलित गैर दलितबीच सहभोज गर्ने जनप्रतिनिधि दलितको घरमा आएर खाना र पानी खाने बिभिन्न खाले जनचेतना मुलक कार्यक्रमसंगै वर्षनी गाउँपालिकाको विकास बजेट सुर्मा मन्दिरको संरक्षणको नाउमा २० देखि २५ लाख खर्च गर्ने तर दलितलाई सुर्मा देबी मन्दिरमा प्रवेश गर्ने नदिएर पुरानो कुसंस्कार जातिय बिभेद कार्यमै राखेको सुर्मा गाउँपालिका गाउँकार्यपालिका सदस्य कलक बिकले बताए ।

उनले भने 'राज्यले जातिय बिभेद सम्बधी बनाएका ऐन कानुन र नेताले चुनावमा बोलेका भाषण मञ्चमा मात्र सिमित भए गाउँ घरमा दलितका पीडा उस्तै छन् । सुर्मा मन्दिर जान तिर्थयात्रुहरु हाम्रो गाउँसंगै जोडिएको बाटो हिँडेर जाने गर्छन् मन्दिर पनि १५ मिनेट टाढा छ । अहिलेसम्म नजिकबाट मन्दिर देख्न पाएको छैन ।'

दलित समुदायले आफूलाई गाउँपरिषदमा गाउँपालिकाभित्र रहेको सुर्मा मन्दिरमा दलितलाई प्रवेशको विषयमा कुरा उठाउन् भने अनुसार कुरा उठाउदा आफ्नो कुराको खासै सुनुवाई भएन सदरमुकाम चैनपुरमा रहेको सुर्मा मन्दिर र दुर्गाथलीमा भगवतीको मिन्दरमा आफूले प्रवेश यसअघि नै गरि सकेको र गाउँकै मन्दिरमा प्रवेश नपाएकोमा निकै चित्त दुःखेको भए पनि गाउँ समुदायको अघाडि आफूले केहि गर्ने नसक्ने उनले सुनाए ।

राज्यले के कानुन बनाए र जनप्रतिनिधिले समुदायमा के गरे त्यो छुट्टै पाटो होला हामीले पुरानो चलेको चलन र छिपिली सुर्मा देबीको मन्दिरमा दलितलाई प्रवेश गराउन नसक्ने मन्दिरका पुजारी धर्मराज पुजाराले बताए ।

उनले भने 'गाउँ समाजमा आफ्नो नियम हुन्छ । समाजलाई भड्काउने काम कसैले गर्ने पाईदैन । साउन औसीदेखि पुर्णीमासम्म दिनको एक पटक मात्र खाना खाने मासु, लसुन खान नपाई महिलासंग  सहबास गर्न नपाइने दलितलाई छुन नपाउने खुट्टामा जुता चप्पल केहि नलगाइ बस्नु पर्छ । दलितले जे भने त्यो हुने हामीले भनेको केहि नहुने हुदैन । भगवनले समेत गैर दलित र दलितबीच फरक बनाएको छ हामीले कसरी प्रवेश गराउने ।'

वडामा यसबारे आफूले बुढापाका र समुदायका अन्य जिम्मेवार ब्यतिmसंग छलफल गरेको भए पनि सबैले एकै आवाजमा दलितलाई मन्दिर प्रवेश गराए गाउँमा अनिष्ट हुने, हत्या हिंसा हुनुका साथै बिभिन्न रोग आउन सक्ने भएकाले दलितलाई मन्दिर हैन परम्परा झै रतेडिदेखि पछेनी अर्था चार दिनसम्म मुल बाटो समेत हिड्न नपाउने नियमको पालना गराउनु पर्ने माग आएको सुर्मा गाउँपालिका ४ मन्दिर भएको क्षेत्र थकुन्डाका वडा अध्यक्ष पुनिलाल बोहराले बताए ।  

उनले भने 'हामीले चाहे पनि सुमदायले नचाहेकाले यस बारे आफू केहि गर्ने नसक्ने भएको छु ।' मन्द्रिमा डोटि अछाम बाजुरा र जिल्ला बिभका भक्तजन आउने गरेका छन् । नेपाल सरकारले जातिय छुवाछुत ऐन २०६८ र त्यसअघि र पछि बनेका ऐन कानुनमा जातिय छुवाछुत गर्नेलाई जेल र जरिवाना गर्ने ब्यवस्था गरेको भए पनि यहाँ भने लागू भएको छैन ।

प्रकाशित: १७ श्रावण २०७७ १३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App