१९ श्रावण २०७७ सोमबार
समाज

कपिलवस्तु अदालतमा ४४ प्रतिशत मात्र मुद्दा फर्स्योट

कपिलवस्तु अदालतमा ४४ दशमलव ८ प्रतिशत मात्र मुद्दा फर्स्योट भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा देवानी र फौजदारी गरी कुल २ हजार ४९५ मुद्दा परेको थियो । त्यस मध्ये १ हजार ११७ मुद्दा फर्छौट भएको र १ हजार ३७८ मुद्दा फर्छौट गर्न बाँकी छ । अदालतका श्रैस्तेदार शिरन्य प्रसाद भण्डारीकाअनुसार देवानीतर्फ १ हजार ७७५ र फौजदारी तर्फ ७ सय २० लागत थियो । 

गत वर्ष ब्रन्दी प्रत्यक्षीकरणका ३ र निषेधाज्ञाका २४ रिट परेका थिए । ७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कारोना भाईरसका  कारण ४ माहिना सम्मको लकडाउनले अदालतको कामकाजमासमेत प्रभावित भएको श्रैस्तेदार भण्डारीले बताए । अधिकांश मुद्दाहरू एक वर्ष भन्दा कम अवधिका रहेकोले यस वर्ष प्राथमिकताका साथ काम अघि बढाइने उनले बताए । मुद्दा र रिट गरी गत वर्षको १ हजार ३९६ लागत यस वर्ष जिम्मेवारी सरेर आएको छ । 

प्रकाशित: १७ श्रावण २०७७ १७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App