१६ चैत्र २०८० शुक्रबार
समाज

सिरहामा पनि समुदायमा भेटिए संक्रमित

प्रदेश २ को आन्तरिक मामिला मन्त्रालयका तीन जना संक्रमित

समुदायका व्यक्तीमा संक्रमण भेटिएपनि लहानमा भिंडभाड रोकिएको छैन । तस्बिरः मिथिलेश यादव/नागरिक

शनिबार सिरहामा थपिएका पाँच जना संक्रमित मध्ये दुई जना समुदायमा बस्दै आएको पुरुषमा कोरोना पुष्टि भएको छ । सिरहा नगरपालिका–१६ पुरुष राजनीतिकर्मी र लहान नगरपालिका–८ का पुरुष स्वास्थ्यकर्मीसहित तीन जना क्वारेन्टिनमा रहेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार संक्रमण पुष्टि भएका दुई जना समुदायमा ‘हाई मोबीलिटी’ भएका व्यतिmहरू हुन । उनीहरू चार दिन अघि मात्र पिसिआर परीक्षणका लागि स्वाब संकलन गराएका थिए । स्वाब संकलन गराएपछि पनि उनीहरू हिँडडुल गर्न छोडेका थिएनन्। संक्रमितहरूको यात्रा इतिहास देखिएको छैन यादवले भने, ‘बाहिर जिल्ला आउजाउ गरेको हुन सक्छ, भारत गएर फर्केको खुलेको छैन ।’

स्वास्थ्य प्रमुख यादवका अनुसार संक्रमित दुई जनाको सम्पर्क इतिहास अनियन्त्रि छ । उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नै सकस भैरहेको उनले बताए । कहाँकहाँ पुगेर कति जनासँग भेटेको उनीहरू आफैं सम्झिन सकिरहेका छैनन् । दुबै जना संक्रमितलाई आइसोलेसन अस्पतालमा लग्ने तयारी भैरहेको यादवले बताए । यससँगै सिरहामा संक्रमितको संख्या दुई सय १५ पुगेको छ । एक सय ६६ जना संक्रमितहरू निको भएर घर फर्किसकेका छन ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवता विजय झाका अनुसार प्रदेश २ मा शनिबार ९५ जना संक्रमित थपिएका छन्। जसमध्ये आन्तिरक मामिला तथा कानुन मन्त्रालयका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको उनले बताए । यससँगै प्रदेश २ मा संक्रमितको संख्या ४ हजार ७ सय ६८ पुगेको छ ।

प्रकाशित: १७ श्रावण २०७७ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App