coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तिनाउले बगाउँदा दुई जना बेपत्ता

रुपन्देहीमा शुक्रबार तिनाउ नदिले दुई जनालाई बगाएको छ । बुटवल उपमहानगरपालिका  ११ झोलुगे पुलका १९ वर्षे हरि दर्जीलाई दिउँसो तिनाउ नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यस्तै तिनाउनमा किनारमा पौडी खेल्न भनेर गएकी सियारी ३ जगहताकी ६ वर्षीय ज्योती चौधरीलाई पनि भैसाखादरबाट खोलाले बगाएको छ । आफ्नी हजुरआमा र साथीहरूसंग बाख्रा चराउन गएका बेला ६ वर्षीया बालिका नदी किनारमा पौडी खेल्न गएकी थिइन्।

ती बालिका आफ्नो मामाघर आएका बेला तिनाउले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता दुबै जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित: १६ श्रावण २०७७ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App