coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

माक्स लगाउन अटेर गर्ने ६ जनालाई कारवाही

जिल्ला प्रशासन कार्यलय धनकुटाले बिहिबार सम्झाई बुझाई गर्दा पनि माक्स लगाउन अटेर गर्ने ६ जनालाई कारवाही गरेको छ । मास्क लगाउन पटकपटक आग्रह गरिएको सुचनालाई बेवास्ता गरि विना माक्स सार्वजनिक स्थलमा हिडडुल गर्नेलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले कारवाही गरेको हो ।

धनकुटा नगरपालिका भित्र खटिएका प्रहरीको गस्ति टोलिले नगर भित्र आवतजावत तथा सवारी साधनहरुमा हिड डुल गर्ने मानिसहरु मध्य ६ जनालाई सम्झाई बुझाई गर्दा अटेर गर्ने ६ जनालाई पक्राउ गरि कारवाही स्वरुप प्रति व्यक्ति एक सय रुपैयाँ तिराइएर छाडिएको हो । 

अन्य एक सय ५० जनालाई माक्स लगाउन भनी सम्झाइ बुझाई छाडिएको प्रहरीले जनाएको छ । कोरोना भाइरस कोभिड १९ को जोखिम नहटेकोले यसको संक्रमणबाट शर्तक रहन संक्रमणक रोग ऐन २०२० को दफा ३.१ बमोजिम उनीहरूलाई कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: १६ श्रावण २०७७ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App