८ वैशाख २०८१ शनिबार
समाज

प्रेस यूनियनद्दारा दुईवटा पुरस्कार स्थापना

लोकतन्त्रपक्षधर पत्रकारहरुको संगठन प्रेस यूनियन सुनसरीले एक जनाअग्रज स्वर्गीय र अर्का एक जनाअगुवाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।  

यूनियनले स्वर्गीय पत्रकार यामप्रधानको नाममा पुरस्कार स्थापना गरेको छ । पत्रकार प्रधानको २०६७ पुस १७ गते ५३ वर्षको उमेरमै निधन भएको हो ।  

यूनियनसँगै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी, अग्रज पत्रकार प्रधानको स्मृतिमा अहिले शुरुवातमा यूनियनले दुई लाख रुपैयाँको अक्षयकोष खडा गरि पत्रकारिता पुरस्कार स्थापना गरेको शाखा अध्यक्ष पवन अधिकारी र सचिब निसान प्रकृति थारुद्दारा जारी विज्ञप्तिमा उल्लेख छ । तीन दशकभन्दा बढी समय पत्रकारिता कर्ममा सक्रिय पत्रकार प्रधानले नेपाली पत्रकारिताको संस्थागत विकाससहित जनताको सूचनाको हक एवम् नागरिक स्वतन्त्रताका पक्षमा निर्वाह गरेकाले अग्रगामी भूमिकाका निम्ति उनलाई सधैँ सम्झिरहन वार्षिक पुन्यतिथीको दिन पुरस्कार वितरण गरिने उल्लेख छ ।  

यस्तै,२०५१ सालमा गिरिराज आचार्यले आफ्नै घरमा एउटा बैठक गरि पदमकेशर कार्कीेको अध्यक्षतामा प्रेस युनियन सुनसरीको गठन गरेका थिए ।  प्रेस यूनियनमा महत्वपूर्ण योगदान गरेका र नेपालपत्रकार संघ सुनसरीको संस्थापक समेत रहेका आचार्यको नाममा प्रेस स्वतन्त्र सेनानी पुरस्कार स्थापना गरिएको हो । यसका लागि यूनियनले अहिले एक लाख रुपैयाँको अक्षयकोष खडा गरेकोमा क्रमशः रकम बढाएर लैजानेछ ।  

अक्षय कोषलाई प्रभावकारी ढंगले सञ्चालन र बृद्दि गर्न नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष चेतनधमलाको संयोजकत्वमा निवर्तमान अध्यक्ष धनबहादुर पुरी र केन्द्रीय पार्षद सचिन पोखरेल सदस्य रहेको समिति गठन गरिएको छ । पुरस्कार स्थापनाले अहिलेको विषम परिस्थितीमा कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीलाई ंप्रोत्साहन हुने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ श्रावण २०७७ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App