रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलाको मृत्यु हुनुका साथै दुई साँडे पनि मरेका छन्। विहीवार बिहान बिजुलीको तार चुँडेर लाग्दा गौर नगरपालिका वडा नम्बर ४ का रामबाबु पटेलकी आमा ७० वर्षकी शान्ति पटेल गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते अवस्थामा पटेललाई जिल्ला अस्पताल गौर पु¥याएपछि उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। करेन्ट लागेर दुई वटा साँढेको घटनास्थलमै मृत्यु भएको हो। स्थानीयबासीले समयमै विद्युत कार्यालयलाई खबर गरेपछि तारको लाइन काटिएको थियो। गौर ठूलो दुर्घटनाबाट जोगिएको स्थानीयको प्रतिक्रिया रहेको छ।
प्रकाशित: १५ श्रावण २०७७ ०४:११ बिहीबार