coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक छेउमा फूलका पाँच गमला

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा घर अगाडीको सडक छेउमा राखिएका फूलका गमला । तस्बिर : नागरिक

सामान्यतया घरमा गमला तथा फूलबारी बनाएर फूल फूलाउने चलन नै छ । यहाँको दक्षिणी रवि बजारमा भने घर अगाडी सडक छेउमा समेत गमलामा फूल रोप्नु पर्ने नियम बनाइएको छ । सडक कालोपत्रे भएपछि हरेक घर अगाडी पाँच वटा गमला राख्नका लागि अनुरोध भएको थियो ।

अहिले ग्रामिण क्षेत्रको पुरानो रवि बजारका घर अगाडी गमलामा फूल रोपिएको छ । घरमा फूल रोप्नुका साथै सडक छेउमा पनि गमला राखिएको छ । यो बजार मिक्लाजुङ गाउँपालिकाको केन्द्रमा पर्छ । सडक कालोपत्रे भएपछि रवि बजार निक्कै सुन्दर देखिएको छ । बजार क्षेत्रमा कालेपत्रे भएसँगै घर अगाडी पाँच वटा गमलामा ‘अर्किट’ फूल रोप्न आह्वान गरीए अनुसार काम भएको वडा अध्यक्ष रामकुमार राईले जानकारी दिए ।

बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रे भएपछि खुसी भएरका रवि बजार बासीले हरेक घरमा फूलका गमला राखेका छन् । सडकको बिचमा वडा आफैले फूल रोपेको छ । घर छेउमा स्थानीय घर धनि/व्यवसायीले गमलामा फूल सजाएका छन् । फूल फुल्दा निक्कै राम्रो देखिने तथा फूल नहुँदा हरियो रहिरहने भएकाले अर्किट फूललाई रोजीएको वडाध्यक्ष राईले जानकारी दिए । ‘रविलाई नुमना बनाउने हाम्रो योजना छ । यहि अनुरुप सुन्दर रविलाई अझै सौन्दर्यता दिन हरेक घर अगाडी गमलामा फूल रोप्न आग्रह गर्‍यौं । करिव अढाईसय घरमा राख्नु भएको छ’ राईले भने ‘सडकको बिचममा हरियो ड्रममा हामीले रोपको छौँ । घर अगाडी उहाँहरुले नै संरक्षण गर्नु हुन्छ । बजार क्षेत्र फूलले शोभायमान बनाउन खोजेका छौँ । यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने हाम्रो महत्पूर्ण लक्ष्य भएकाले बजारको सौन्दर्यताका लागि पनि ध्यान दिएको छ ।’

राईका अनुसार यी विरुवा गाउँमै उत्पादन गरीएका हुन् । यो कामलाई निरन्तरता दिने बताइएको छ । रवि बजार क्षेत्रमा २ हजार ३ सय मिटर सडक कालोपत्रे भईसकेको छ । मेची राजमार्गको राँकेबाट २६ किलोमिटर र झापाको दमकबाट ४८ किलोमिटर क्षेत्रमा पर्ने रवि प्राकृति, धार्मिक तथा सांस्कृतिक हिसाबले पनि महत्पूर्ण मानिन्छ । बजार क्षेत्रमा व्यापार, व्यवसाय सञ्चालित छन् । गाउँपालिकाको केन्द्र भएपछि रविको विकास, निर्माण तथा सहरीकरणको क्रम बढेको छ । सडक, विजुली, आवसागृह, बधशाला, पार्क लगायका निर्माणका कामले गति पाएको गाउँपालिका अध्यक्ष अमर माखिमको भनाई छ ।  

असोजपछि फूल पूmल्दा झन रमणीय देखिने अपेक्षा छ ।‘घरमा फूल सजाइएकै छन् । सडक छेउमा पनि फूल रोप्दा रवि बजार थप सुन्दर देखिएको छ’ सोहि क्षेत्रका बासिन्द भकेन्द्र लावतीले भने ‘यो क्षेत्रमा थरी थरीका फूल सजाएर राख्ने चलन पुरानो हो । गाउँमै विरुवा उत्पादन गरीन्छ । यो पल्टदेखि सडक छेउमै फूलका गमला राखेर बजारलाई थप आर्कषक बनाएको देखिन्छ ।’ लावतीले भनेझै रवि क्षेत्रका घरमा अनेक किसिमका फूलहरु सजाएको देखिन्छ । फूल सजाउन सौखिन रवि बासीले यो पटक बजार क्षेत्रलाई पनि फूलमय बनाउन खोजेको देखिन्छ ।

प्रकाशित: १४ श्रावण २०७७ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App