८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हुलाकी सडकको काम नरोक्ने आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिन आदेश गरेको छ। हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समय दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरेपछि त्यस विरुद्ध तीन जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशको माग गर्दै साउन ५ गते उच्च अदालतमा रिटा दायर गरेका थिए।  

स्थानीय कालीपद शर्मा, रोहित उपाध्यया र सुरेश शर्माले हुलाकी सडक आयोजना, जिल्ला प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकालाई विपक्षि बनाएर काम रोक्न माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा न्यायधिश बाबुराम रेग्मीको इजलासले परमादेश जारिगर्दै साउन १२ गते दुवै पक्षलाई छलफलका लागि अदालतमा बोलाएको थियो। सोही विषयमा सोमबार पक्ष र विपक्षका कानुन व्यवसायीहरूको प्रमाण र बहस पछि हुलाकी सडकको काम नरोक्ने आदेश दिएको कपिलवस्तु नगरपालिकाका कानुनी सल्लाहकार हुमबहादुर कुंवरले जानकारी दिए।  

न्यायधिशद्धय बाबुराम रेग्मी र केशवराज जोशीको संयुक्त इजलासले उक्त ओदेश गरेको उनले बताए। सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको, २०३१ भन्दा पहिले निर्माण भएका संरचनालाई क्षतिपुर्ति दिने र घरबारविहीन भएकालाई बसोबासको व्यवस्था गर्न भनी गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएको अदालतको आदेशमा उल्लेख छ।  

रिट निवेदनको तर्फबाट अधिवक्ता हिमलाल न्यौपाने र विपक्षी कपिलस्तु नगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता  कमलराज जोशी र सालिकराम बञ्जाडे सहायक न्यायअधिवक्ता धर्मराज जोशीले बहस गरेका थिए। अदालतको आदेशसँगै अब अब हुलाकी राजमार्ग निर्माणेका लागि बाटो खुल्ला भएको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बताए। अब हुलाकी राजमार्ग आयोजनासँग समन्वय गरेर सडक निर्माणको काम अघि बढाइने उनको भनाइ छ। अहिले तौलिहवा सडक क्षेत्रमा बनाइएका संरचनामहरू धमाधम हटाइएको छ। तौलिहवाको जमुहार टोलदेखि छोटकी तौलिहवाको मस्जिदसम्म दुई हजार तीन सय ४० मिटरमा दुई सय ७३ वटा संरचना सडक क्षेत्रमा रहेका छन्।

प्रकाशित: १३ श्रावण २०७७ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App