१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा २५ जना प्रहरीसहित ३१ नयाँ संक्रमित

प्रदेश १ मा कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेको छ । प्रदेश र स्थानीय सरकारले कोरोना भाइरस समुदायमा फैलन थालेको भन्दै थप सहजकता अपनाउन अपिल गरेका छन् ।  

प्रदेशमा आइतबार मात्रै ३१ जना नयाँ संक्रमित पुष्टि भएका छन् । नेपाल पुलिस र सशस्त्र प्रहरीमा २५ जना र अन्य सर्वसाधारण गरेर ३१ जनामा कोरोना भाइरस पोजेटिभ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलाम नगरपालिकामा ८ र माई नगरपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।

प्रदेश १मा आइतबार कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ८ महिलार ४ पुरुष डिस्चार्ज भएका हुन । जसमा मोरङका ३ पुरुष र ३ महिला, झापाको ३ महिला, इलामका २ महिला तथा तेह्रथुमका १ पुरुष डिस्चार्ज भए । प्रदेश१मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।  

प्रदेशमा आइतबार ३ सय ३४ पुरुष र ५४ महिला गरी जम्मा ३ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा ३९ हजार ५०० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।  

विराटनगर नगर क्षेत्रभित्र मास्क अनिवार्य, नलगाए १० रुपैयाँ तिर्नुपर्ने
विराटनगर महानगरपालिकाले कोरोना भाइरस समुदायमा बढ्ने खतरा भएकाले विभिन्न किसिमका रोकथामको नीति लिएको जनाएको छ । विराटनागर महानगरपालिकामा आइतबार सम्पन्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बैठकले सर्वसाधारणलाई हिँड्डुल गर्दा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय गरेको जनाएको छ । बैठकमा सामाजिक विकास मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, उद्योगी÷व्यवसायीको संगठन, विभिन्न दलका नेता, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।  

दैनिक कोरोना भाइसरको संक्रमण बढ्न थालेपछि सर्वसाधारणलाई सुरक्षित रहका लागि अनिवार्य मास्क लगाउनुपर्ने लगायतको निर्णय गरेको महानगरपालिका मेयर भीम पराजुलीले बताए । मास्क नलगाई सर्वसाधारण हिँडेको नगरपालिकाको तोकिएको टोलीले देखे तत्काल १० रुपैयाँ लिएर मास्क लगाउन लाउने छन् । मास्क विना बजार वा महानगरभित्र सर्वसाधारण हिँडेको भेटिए खण्डमा सर्वसाधारणबाट १० रुपैयाँ उठाउने र मास्क प्रदान गर्ने गरी अघि बढ्ने भएको हो ।  

महानगरपालिका मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका कार्यमा अर्को सूचना जारी नहुँदासम्मलाई सम्पूर्ण काममा रोक लगाएको प्रमुख पराजुलीले बताए । स्वास्थ्य, सरसफाइ, बारुणयन्त्र र एम्बुलेन्स सेवा बाहेक अन्य कार्यहरुलाई रोक लगाइएको जनाएको छ ।  

महागरभित्र अनुगमनलाई तीव्रता दिने र बजारमा सजगकता र सतर्कता अपनाउन उद्योगी, व्यवसायी सहमत भएका छन् । कोरोना भाइरस रोकथाममा प्रभाव देखिएन भने दोस्रो चरणमा महानगरले लकडाउनको निर्णय गर्ने प्रमुख पराजुलीले बताए ।

प्रकाशित: ११ श्रावण २०७७ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App