coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

तीन वर्षमा विपदबाट नुवाकोटका ८३ जना नागरिकको मृत्यु

तीन वर्षको अवधीमा विपदबाट जिल्लाका ८३ जना नागरिकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानाकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए । उक्त वर्ष ३ वटा पक्कि र २७ वटा कच्चि घर भत्किएको थियो भने १५ वटा पशु चौपायको मृत्यु भएको थियो ।  

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ७० जना नागरिकले ज्यान गुमाएका थिए भने २ सय ४२ जना घाइते भएका थिए । त्यस वर्ष विपदको कारण ९ वटा पक्कि र ७ वटा कच्चि घरमा क्षति पुग्नुको साथै १ सय ४ वटा पशुचौपायको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेको अनुसार गत वर्ष विपदबाट १० जना नागरिकको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । गत वर्ष ७ वटा कच्चि घर र ३ वटा पक्की घरमा क्षति पुग्नुको साथै १० वटा पशुचौपायको मृत्यु भएको थियो ।

बाढी पहिरोका कारण विगतको ३ वर्षमा ६ सय ६९ रोपनी खेत र ३ सय ११ रोपनी बारीमा क्षति पुगेको थियो भने ७ सय ६० परिवार प्रभावित भएका थिए ।

प्रकाशित: ११ श्रावण २०७७ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App