६ वैशाख २०८१ बिहीबार
समाज

बाढीले बगाउँदा एक जनाको मृत्यु

बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीको मृत्यु भएको छ । बाणगंगा नदीमा नुहाइरहेका बेला उनलाई बढीको भेलले बगाएको थियो । बाढीले बगाएको केही समयपछि उनी मृत अवस्थामा कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बाणगंगा नदीको मधुवन क्षेत्रमा फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषकुमार जोशीले बताए ।  

स्थानीयले शव देखेपछि प्रहरीलाई खबरा गरेका थिए । बुधबार दिउँसो दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजि कार्यलाई तीव्र पारेका थिए । शवलाई परीक्षणका लागि कपिलवस्तु अस्पताल लगिएको छ ।

प्रकाशित: ८ श्रावण २०७७ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App