coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्ने भयो हुलाकी सडक

हुलाकी सडक अन्तर्गत सडक क्षेत्रमा बनेका संरचनाहरु भत्काउने कार्यले रफ्तार लिएपछि अब भने हुलाकी सडक बन्ने पक्का भएको छ । तौलिहवाको जमुहार नालादेखि बहादुरगंज जाने बाटो हुँदै छोटकी तौलिहवाको मस्जिदसम्म सडकमा पर्ने संरचनाहरु धमाधम हटाउन सुरु गरिएपछि सडक बन्ने पक्का भएको हो । सडक क्षेत्रको दाया र बाया १५ १५ मिटरभित्रको संरचना हटाउन थालिएको हो ।

सो क्षेत्रमा पर्ने २ सय ७३ संरचना मध्ये २ सय ७१ वटामा भत्काउन सुरु भएको हुलाकी सडक आयोजना कपिलवस्तुले जनाएको छ । गत असोज ३ गते सडक क्षेत्रमा पर्ने सरकारी कार्यालयको संरचना डोजर लगाएर भत्काइएको थियो । अटेर गर्नेहरुको मंगलबार फेरी डोजर लगाएर भत्काइएको छ । हुलाकी आयोजना प्रमुख ईश्वरबहादुर रिजालले सदरमुका तौलिहवा क्षेत्रको सडक क्षेत्रमा पर्ने २ सय ७३ मध्ये २ जना बाहेकका अरुले सबैको तोडफोड सुरु भएको छ ।  

स्थानीय कालीप्रसाद शर्मा र रोहित उपाध्यायको हकमा भने उच्च अदालत तुलसीपुर बुटवल ईजलासले साउन १२ गतेसम्म रोक्का गर्दै छलफलका लागि बोलाएको छ । ‘अब हुलाकी सडक समयमै बन्ने जस्तो लागेको छ’ रिजालले भने । असोजसम्म २३ सय ४० मिटर क्षेत्रभित्र नाली र फुटपातको काम सक्ने योजनामा रहेको उनले बताए । उता कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले अब बाटो बिस्तारको काम कुनै हालतमा नरोकिने बताएका छन् । 

वर्षौको प्रतिक्षापछि बन्न लागको हुलाकी सडक निर्माणको काम जसरी पनि अघि बढ्ने उनले बताए । ‘सडक क्षेत्रको अतिक्रमणलाई जसरी पनि खाली गराउछौ, त्यसमा सबैले साथ दिनुपर्छ’ उनले भने । सदरमुकाम तौलिहवाको मुुहरा फेर्ने गरी आएको यो विकासको मौकालाई आफूले त्यसै खेर नफाल्ने उनले बताए । ‘हुलाकी बाटो बन्छ नगरबासीहरु ढुक्क हुनुस्’ उनले भने । हुलाकी सडक अन्तर्गत ५ खण्डको बाटो र चार पुलका लागि ३ अर्ब ४६ करोड २ लाखका सम्झौता भईसकेको छ । सबै काम २०७९ पुसभित्र सम्पन्न गर्नु समयावधि तोकिएको छ । तौलिहवा क्षेत्रमा चार लेनको बाटो

हुलाकी सडक अन्तर्गत तौलिहवाको जमुहारदेखि छोटकी तौलिहवासम्मको २३ सय ४० मिटर सडक चार लेनको हुनेछ । सडकको दाया र बाया गरी ३० मिटरको सडक क्षेत्र हुनेछ । बाटोको दुबै तर्फ नाली र फुटपाथ रहने छ । बाटोमा हरियाली (मेडीयन) समेत राख्ने गरी डिजाइन बनाइएको छ । हुलाकी आयोजना प्रमुख ईश्वरबहादुर रिजाल अनुसार बिचमा मेडीयन राख्ने बारे अध्ययन र छलफल गरी स्वीकृत गराइने उनले बताए ।

बहादुरगंजदेखि, तिलौराकोटसम्मका लागि साढे ७ करोड बजेट
हुलाकी सडक अन्तर्गत अहिले तौलिहवामा बजारमा सडक क्षेत्रमा पर्ने अतिक्रमण हटाउन लागिएको बेला बहादुरगंज जाने चौराहादेखि भिक्षुसम्मको सडक क्षेत्र समेत खाली गराउन थालिएको छ । हुलाकी सडक अन्तर्गत तौलिहवाको जमुहार नालादेखि छोटकी तौलिहवासम्मको २३ सय ४० मिटर क्षेत्रमा मात्र तत्कालका लागि निर्माण कार्य अघि बढाइने छ । 

हुलाकी मार्गमा नपरे पनि बहादुरगंज जाने बाटोको चौराहादेखि तिलौराकोटसम्म सडक निर्माणका लागि बजेट भने बिनियोजन गरिएको छ । बहादुरगंजदेखि भवानी भिक्षुसम्म २ करोड ९५ लाख तथा भिक्षुदेखि तिलौराकोटसम्मका लागि ४ करोड ४५ लााख रुपैयाँ बिनियोजन गरिएको हुलाकी आयोजना प्रमुख तथा सडक डिभिजन कर्यालय कपिलवस्तुका प्रमुख ईश्वरबहादुर रिजालले बताए ।  

बहादुरगंज जाने चौराहादेखि तिलौराकोटसम्मको सडक स्तरोन्नतीका लागि अहिले पर्याप्त बजेट नभए पनि सडक निर्माणको सूुरुवातका लागि बजेट काफी रहेको बताए । बजेटले नाली र फुटपाथसम्मको काम हुने उनले बताए । हुलाकी सडक जस्तै चार लेनको बाटो निर्माणका लागि थप बजेट माग गरिएको उनले बताए । कपिलवस्तु नगरपालिका अनुसार जमुहारदेखि भिक्षु चोकसम्म ५ सय ८३ वटा संरचना सडक क्षेत्रभित्र परेको छ ।

प्रकाशित: ७ श्रावण २०७७ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App