coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भदौ १ देखि हवाई उडान सुचारु हुने

कोरोना त्रासका कारण बन्द रहेको हवाई उडान सुचारु हुने भएको छ। मन्त्रिपरिषद् बैठकले हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।

'सुरक्षाका उपाय सहित हवाई उडान सञ्चालन गर्ने निर्णय भएको छ', नागिरक न्यूजसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, 'यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर हवाई उडान सुचारु हुन्छ।'

मन्त्री भट्टराईका अनुसार कोरोना महामारीलाई ध्यानमा राख्दै उडानबारे मन्त्रालयले प्रोटोकल बनाउनेछ । चैत्र १० गतेबाट आन्तरिक उडान बन्द गरिएको थियो।

 

 

 

प्रकाशित: ५ श्रावण २०७७ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App