७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले धनकुटामा पाँच परिवार विस्थापित, कोशी राजमार्ग अबरुद्ध

भारी वर्षाका कारण धनकुटा जिल्लाका विभिन्न स्थानका बस्ती जोखिम परेका छन् भने केहीँ परिवार बिस्थापितका भएका छन्  । पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका तीन घर र धनकुटा नगरपालिका–१ हिलेका दुई घर बिस्तापित भएका हुन । 

धनकुटा नगरपालिका–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार बिस्तापित भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए ।  त्यस्तै महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवार पहिरोले विस्थापित भएका छन् ।  

साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले नौ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । गर्जुवा खोलामा माटो सहित आएको बाढीले  कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकखण्ड अबरुद्ध भएको छ । बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को१झ ५८४ नम्बरको गाडी पुरेको छ । सडक डिभिजन कार्याललयको डोजरको प्रयोग गरेर गाडी निकालिएको धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए ।

प्रकाशित: ५ श्रावण २०७७ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App