coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रष्टद्वारा ‘फुट पोईन्ट’सहितका सामग्री सहयाेग

कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई बितरित स्वास्थ्य र सफाईको सूची हस्तान्तरण गरिदैं । तस्बिर : खगेन्द्र/नागरिक ।

हातको संसर्गबाट हुने सम्भावित जोखिम हटाउन गोर्खा वेल्फेयर ट्रष्ट क्षेत्रीय कार्यालय सुनसरीले ताप्लेजुङ प्रवेशद्धार काबेलीमा रहेको हेल्थ डेक्समा खुट्टाले थिचेर पानी निकाल्ने ड्रम सेटसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिलाई सोमबार काबेली हेल्थ डेक्समै कोरोना बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको हो । ट्रष्टले ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमकातर्फबाट यि सामग्री प्रदान गरेको ट्रष्टका पूर्व क्षेत्रीय प्रमुख बुद्धबहादुर गुरुङले जानकारी दिए । ट्रष्टले काबेली हेल्थ डेक्स बाहेक भानुजन माविको आवास कक्षमा लागि पनि ड्रम सेट सहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

‘काबेली हेल्थ डेक्स र भानु माविको क्वारेन्टिनमा १–१ ड्रम सेट सहितको हेण्डवास पोईन्ट दिएका छौं,’ गोर्खा वेल्फेयर सेन्टर ताप्लेजुङका प्रमुख खड््ग राईले भने । ट्रष्टले एक हजार थान सर्जिकल मास्क, २२० एमएल क्षमताको ५० बोटल हेण्ड वासिङ झोल, दुई हजार ५ सय थान ग्लोब्स्, ५०० एमएल क्षमताको ५० बोतल स्यानीटाईजर, दुई थान प्लास्टिक बकेट, एक थान थर्मलगन र दुई जोडी ब्याट्री, १० थान पीपीई सेट र १० थान एन९५ मास्क, १० थान मेडिकल गाउन, १५ थान हाईजेनिक किट, ३० थान रबर ग्लोब्स् र ३० थान गमबुट सहितका १६ प्रकृतिका सामग्री कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनलाई हस्तान्तरण गरेको छ ।

प्रकाशित: ५ श्रावण २०७७ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App