८ वैशाख २०८१ शनिबार
समाज

बनारसमा केस मुण्डन गरिएका व्यक्ति भारतीय

विश्व हिन्दु सेनाले बनारसमा केस मुण्डन गरेका व्यक्ति भारतीय नै भएको खुलेको छ। बाराणसी प्रहरीकाले ति व्यक्ति भारतीय नागरिक भएको र पैसा लिएर उक्त कार्य गरेको जनाएको छ।  

विश्व हिन्दु सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्म स्थानबारे दिएको अभिव्यक्तिको विषयलाई लिएर केस मुण्डन गरेको भन्दै सामाजिक संजालमा भिडियो पोष्ट गरेको थियो। भिडियोमा नेपाल र प्रधानमन्त्री ओलीको विरोधमा नारा समेत लगाइएको थियो।

उक्त घटना भएपछि नयाँ दिल्ली स्थीत नेपाली राजदूत निलाम्वर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोनमा कुरा गरेका थिए।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले ६ जनालाई गिरफ्तार गरेको जनाएको छ। ति केस मुण्डन गरिएका व्यक्ति बनारसकै भएको र उनका परिवार सरकारी सेवामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकविरुद्ध एफआईआर समेत दायर गरेको थियो।

 

 

प्रकाशित: ३ श्रावण २०७७ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App