८ वैशाख २०८१ शनिबार
समाज

तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु

हुलाकी सडक आयोजना

हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारमा सडक अतिक्रमण हटाइदै ।

हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसीमा सकिएपछि शनिबारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो । हुलाकी सडकका कर्मचारी, नेपाल र सशस्त्र प्रहरीसहितको टोलीले २ २ वटा डोजर प्रयोग गरी अतिmत्रण खाली गराइएका हुन ।

गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णए भएपछि बाटो निर्माणमा तीव्रता दिनका लागि सडक अतिक्रमण खाली गराउने निर्णय भएको थियो । हुलाकी राजमार्ग अन्तर्गत तौलिहवाको जमुहार नालादेखि छोटकी तौलिहवासम्म पर्ने अतिक्रमण हटाउन सुरु गरिएको हुलाकी सडक अयोजना कपिलवस्तुका प्रमुख ईश्वरबहादुर रिजालले बताए । ‘हामीले साउन २ गते भित्र अतिक्रण गरिएको संरचना हटाउन सूचना जारी गरेका थियौ, तर अटेर गरिएपछि हटाउन सुरु गरेका हौ ’ उनले भने । शनिबार सरकारी कार्यालयले सडक अतिक्रमण गरेका संरचना हटाउन सुरु गरिएको हो । जमुहारदेखि छोटकी तौलिहवामा पर्ने जिल्ला समन्वय समिति, कपिलवस्तु नगरपालिका, नेपाल टेलिकम, नेपाल बाल संगठन तौलेश्वरनाथ संस्कृत उमाबि, सन साईन बोडिङ स्कुलका पर्खालहरु डोजर लगाएर भत्काइएको छ ।  

यस्तै, सरकारी वकील कार्यालय अघि बाटोमा निर्माण गरिएको प्रतिक्षालय, खानेपानी कार्यालयसहित २ वटा विद्यालयका पर्खालहरु समेत हटाइएका छन् । ‘ अतिक्रमण हटाउने कार्यको सुरुवात सरकारी कार्यालयबाट गरेका छौ अब केही दिन मै निजी संरचनाहरु समते अटेर गरे भत्काउने छौ ’ प्रमुख रिजालले भने । अतिक्रमण खाली गर्ने सुचना जारी गरिए पछि अहिले जमुहार टोल, बैक रोड नयाटोल, आनन्दबाग लगायतमा धमाधम आफैले अतिक्रमण हटाउन थालेका छन । हुलाकी सडक आयोजना अनुसार जमुहार देखि  छोटकी तौलिहवा सम्म पर्ने २३ सय ४० मिटर सडक क्षेत्रमा २ सय ७३ वटा घर टहराहरु बनाईएका छन । 

यस्तै, बहादुरगंज जाने सडक देखि भिक्षु चोक सम्म पर्ने यशोधरा माबि र रत्न राज्य माबिले अतिक्रमण गरी बनाइएका केही संरचनाा समेत भत्काइएका छन् । कपिलवस्तु नगरपालिका अनुसार जमुहारदेखि भिक्षु चोकसम्म ५ सय ८३ वटा संरचना सडक क्षत्र भित्र परेको छ । बहादुरगंज जाने चौराहादेखि भिक्षु चोकसम्म भने सडक बिभागले सडक बनाउने नगरपालिकाले जनाएको छ । हुलाकी सडक अन्तर्गत ५ सडकखण्ड तथा चार वटा पुल निर्माणका लागि कुल ३ अर्ब ४६ करोड २ लाखका सम्झौता भईसकेको छ । सबै काम २०७९ पुसभित्र सम्पन्न गर्नु समयावधी तोकिएको छ ।  

उता स्थानीय कालीपद शर्मा र रोहित उपाध्यायले उच्च अदालत तुलसीपुरमा सो कार्य रोक्नका लागि रिट निबेदन दिएका छन् । सोही आधारमा बुटवल ईजलासले निबेदकका हकमा अल्पकालिन आन्तरिम आदेश जारी गर्दै बिपक्षी हुलाकी सडक आयोजना र सडक बिभागलाई साउन १२ गते छलफलका लागि अदालतमा बोलाइएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App