८ वैशाख २०८१ शनिबार
समाज

नगरका चार गाउँ सिल, रोल्पा सदरमुकाममा अनिश्चितकालिन लकडाउन

जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको बैठक ।

रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रबार १३ जनामा कोरोना संक्रमण पुष्टी भएपछि साबिक धवाङ गाबिसका १, २, ३ वडा र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सिल गरिएको छ । गुरुङगाउँमा भेटिएका संक्रमित पिसिआर रिपोर्ट नआउदै लिवाङ बजार लगायतका क्षेत्रमा खुला रुपमा हिँडडुल गरेको जानकारी आएको भन्दै संक्रमण थप फैलिन नदिन धवाङ र गुरुङगाउँ सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पामा शनिबार बिहान बसेको सर्बपक्षिय बैठकले उक्त निर्णय गरेको हो । त्यसैगरि रोल्पा नगरपालिकाको बजार क्षेत्र वडा न. १ , २, ३ र ४ लाई आइतबार साँझ ६ बजेदेखि पूर्ण रुपमा लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए ।  

लकडाउन अवधिभर सरकारी कार्यालय तथा बैङ्किङ क्षेत्र सबैमा सेवा प्रबाह समेत बन्द गरिने छ । संक्रमण पुष्टी भएका ब्यक्तिहरुसंगको सम्पर्कमा मानिसहरुको पहिचान गरि उनिहरुको पिसिआर परीक्षण गर्ने निर्णय समेत गरिएको छ । उनिहरु सबैको पिसिआर रिपोर्ट नआउदासम्म लकडाउन यथावत रहने छ ।  

यसैगरि आजैको बैठकले संघ र प्रदेश सरकार र सो अन्तर्गतका बिभिन्न निकायसंग १ हजार थान भिटिएम, पिपिई ५ सय सेट र सेनिटाइजर ५० लिटर माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित: ३ श्रावण २०७७ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App