८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वगाविस अध्यक्षमाथि बिस्फोटक पदार्थ प्रहार

सिरहाको औरही गाउँपालिका ५ का पूर्व गाविस अध्यक्ष सुवरण यादवमाथि अज्ञात समूहले बिस्फोटक पदार्थ प्रहार गरेको छ। शनिबार बिहान बिस्फोटक पदार्थ प्रहारबाट नेकपा जिल्ला नेता समेत रहेका यादव घाइते भएक छन्।  

उनलाई उपचारका लागि जिल्ला अस्पताल सिरहामा ल्याउने तयारी भैरहेको छ। घरमा सुतिरहेका बेला बिहान करिब १ बजेतिर यादवलाई लक्षित गरी अपरिचित समूहले बिस्फोटक पदार्थ प्रहार गरेको आफन्तले बताएका छन्। उनको शरीरको विभिन्न भागमा चोटलागेको छ।  

उनलाई थप उपचारका लागि सिराहा लग्न खोज्दा प्रहरीको अनुसन्धान टोली आइपुगेकोले रोकिएको स्वास्थ्यकर्मी महेश यादवले बताए। अहिले प्रहरीको सोधपुछ चलिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डिएसपी बिनोद घिमिरेले नागरिकसंग भने, ु बम पड्केको भनिए पनि अवशेष कहिँकतै फेला परेको छैन। हामी अनुसन्धान गर्दै छौँ।

विस्फोटक पदार्थ प्रहारबाट घाइते भएका भनिएका सुबरणजीको शरीरमा पनि गहिरो घाउ देखिदैन। डिएसपी घिमिरेले भने, बम पड्काएर सजिलै उम्केर भाग्ने अवस्था अहिले छैन। बम पड्केको हो कि अरू केही नै हो खोजी गर्दैछौं।

यादवको प्राथमिक उपचार गरेका स्थानीय स्वास्थ्यकर्मी महेश यादवका अनुसार दायाँ हात, बायाँ काधमा सनो प्वाल छ। बत्ती गएको बेला उनी घरको ढोका खोलेर सुतेका बेला अपरिचित समूहले विस्फोटक पदार्थ फालेपछि आफू बेहोस भएको यादवले बताए। उनी सुतेको तकिया च्यात्तिएको, ओछ्यान नजिक स(साना सिसाका टुक्रा रहेको र ठूलो आवाज छिमेकका मानिसहरूले सुनेको स्वास्थ्यकर्मी यादवले बताए।

प्रकाशित: ३ श्रावण २०७७ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App