coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीको अगुवाईमा जिल्लाभर एकैसाथ कोभिड-१९ सम्बन्धी सचेतनामुलक र्‍याली

जिल्ला प्रहरीको अगुवाईमा जिल्लामा कोभिड-१९ सम्बन्धी जनचेतनामुकल र्‍याली निकालिएको छ । जिल्ला प्रहरी, ईलाका प्रहरी, सीमा प्रहरीको आयोजनामा जिल्लाभर र्‍याली याली निकालिएको हो । सदरमुकाम तौलिहवा, ईलाका प्रहरी कार्यालय कृष्णनगर, गणशेपुर, बहादुरगंज, चन्द्रौटा लगातयमा शुक्रबार बृहत र्‍याली निकालिएको थियो ।  

कोरोनाको रेड जोनमा परेर अहिले भने जिल्ला कोरोनामुक्त हुने अवस्थमा पुगेको छ । अझै पनि जिल्ला कोरोनाको उच्च जोखिममा परेकोले त्यसको नियन्त्रण र न्यूनीकरणका लागि प्रहरीको अगुवाईमा जिल्लाभर सचेतनामुलक र्‍याली निकालिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । उनले सचेत भए कोरोनाबाट बच्न सकिने सन्देशसहित र्‍याली निकालिएको बताए ।  

आवश्यक सावधानी अपनाउन र सचेत रहन सन्देश दिन जिल्लाभर एकैसाथ र्‍याली सम्पन्न गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए । जिल्लाभरका युनिटहरुमा कार्यरत सुरक्षाकर्मी र जनप्रतिनिधिको सहभगितामा बिभिन्न स्थानमा र्‍याली निकालिएको हो ।  

कोभिड-१९ विरुद्ध मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने सन्देश र्‍यालीमा दिइएको थियो । बाहिर निस्कँदा अनिवार्य रूपम मास्कको प्रयोग गरौँ साबुन पानीले पटक-पटक हात धोऔं तथा सेनिटाइजरको प्रयोग गरौँ, दुई मिटरको सामाजिक दूरी कायम गरौ, ट्राफिक नियामको पालन गरौँ, सामाजिक सद्भाव कायम गरौँ लगायतका नारा लेखिएका प्लेकार्डसहित र्‍यालीले नगरको परिक्रमा समेत गरेको थियो ।

प्रकाशित: २ श्रावण २०७७ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App