१९ श्रावण २०७७ सोमबार
समाज

पोखरामा बालिकामाथि सामूहिक बलात्कार प्रयास, चार पक्राउ

पोखरामा एक बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको छ। विरामी आमाको लागि औषधि किन्न बागलुङ बसपार्क पुगेकी १४ वर्षिया बालिकामाथि सामुहिक वलात्कारको प्रयास भएको हो। बलात्कार प्रयास गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का कपिल गुरुङ, योगेश थकाली, पुकार गुरुङ र सुशल गुरुङ रहेका छन्। उनीहरुसँगै प्रहरीले बालिकालाई अपहरण शैलीमा होटल पु¥याउन प्रयोग भएको ग.१ च. ७७४५ नम्बरको निलो कारपनि नियन्त्रणमा लिएको छ।

घट्ना गत मंगलबार विहान करिब ६ः३० बजे विरामी आमाको लागि औषधी लिन पोखरा बागलुङ बसपार्कस्थित सहारा हस्पिटल पुगेकी बालिका औषधि लिएर बाटोमा निस्किइन्। बाटोमा निस्किने वित्तिकै एउटा निलो कार उनको नजिकै आएर अडियो। उनले कारमा रहेका कसैलाई चिनिनन्।

कारमा आएका मध्य एकजनाले यहाँ होटल कहाँ पाईन्छ भनेर बालिकालाई सोधे। गिद्धेनजर लगाएर प्रश्न सोध्ने बहानामा बोल्न खोजेकोबारे बालिकाले आफूलाई होटलबारे जानकारी नभएको बताइन्। त्यसपछि उनीहरुले बालिकालाई लेकसाइडका होटल देखाईदिन आग्रह गरे। दोश्रोपटकपनि उनले होटलबारे जानकारी नभएको बताईन्। त्यसपछि उनीहरुले आग्रह गर्दै भने, डर नमान, हामी तिम्रो घर जहाँ हो त्यहि पु¥याई दिन्छौं तर पहिले होटल देखाईदेऊ भने। बालिकाले मानेकी थिइनन् तर उनीहरुले जबरजस्ती कारमा राखे र लेकसाईडतर्फ कार हुईंकाए।

शुरुमा कार ‘होली शिव होटल’ पुगेर रोकियो। तर त्यहाँ राम्रो सुविधा नभएको भन्दै फेरि लेकसाइड खहरेस्थित बंगलादी डाँडामा रहेको ‘नेचर कनेक्सन होटल’ पुग्यो। होटलबाट उत्रिएर एउटाले कोठा बुक गरे। अर्कोले बालिकालाई कुराकानीमा भुलाउँदै कोठा नम्बर २०३ नम्बरमा पु¥याए। कोठामा पुगिसकेपछि योगेश बालिकासँग गफ गर्दै कोठामै बसे। पालैपालो शारिरिक सम्पर्क राख्ने योजना बुनेर पुगेका उनीहरु मध्ये अन्य ३ जना होटलको छतमा गएर भ्यू हेर्न थाले।

अन्य ३ जना साथीहरु कोठाबाट बाहिरिएलगत्तै योगेशले बालिकालाई च्याप्प समाते र जबरजस्ती गर्न खोजे। आफूलाई जबरजस्ती गर्न खोजेको भन्दै घर पुर्‍याईदिन आग्रह गरिन्। बालिका चिच्याउँदै होटलको रिसिप्सनमा आइन् र फोन मागिन्। तर ल्याण्डलाइन फोन नभएको भन्दै होटल वालाले फोन नदिएपछि बालिका होटलको किचनमा पुगिन्। त्यहाँ एउटा फोन चार्जमा देखेपछि त्यहि फोनबाट बालिकाले आफ्नो बुबालाई फोन गरेर आफूमाथि भएको दुब्र्यबहार बताइन्। लगत्तै बालिकाको बुबाले प्रहरीमा खबर गरे। प्रहरीलाई खबर गरेको थाहा पाएपछि जबरजस्ती गर्न खोज्ने चारैजना फरार भए। तर प्रहरीले उनीहरुलाई केहिबेरमै पोखराको लामागाउँबाट पक्राउ गर्‍यो।

पक्राउ परेकाहरुलाई शरिर बन्धक तथा करणी सम्बन्धी कसुर अन्तर्गत मुद्धा चलाइएको कास्की प्रहरीले जनाएको छ। उनीहरुलाई बुधबार अदालतमा पेश गरि १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा आरोपीतहरुले कसुर स्वीकारेको डिएसपी हमालले बताए। 

प्रकाशित: १ श्रावण २०७७ १७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App