coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा ७६ प्रतिशत रोपाँइ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तापखोला किनारको खेतमा धान रोप्दै महिला । तस्बिर : दमन/नागरिक

खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाँइ भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाँइ हुँदै आएकामा गत आइतबारसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाँइ सकिएको हो । 

यस वर्ष बेलैदेखि पर्याप्त बर्षा भएका कारण तीव्र गतिमा रोपाँइ भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताए । बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाँइ हुन बाँकी छ । चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाँइ हुने ज्ञान केन्द्रका प्रमुख राईले बताए । जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ ।  

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाँइ हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा बर्षा भएपछि मात्र रोपाँइ हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाँइ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाँइ हुने असिञ्चित खेतमा बर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् । जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे लगायतका ठाउँमा सबैभन्दा बढि धान खेती हुने गरेको छ ।

सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाँइ हुने ३ हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाँइ हुने गरेको छ ।

प्रकाशित: १ श्रावण २०७७ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App