१६ चैत्र २०८० शुक्रबार
समाज

सैन्य विभाग प्रमुखविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरू

मोरङको उर्लाबारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा । बोहराबाट प्रहरीले बरामद गरेका हातहतियारलगायतका सामग्री ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा ‘जोखिम’ विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाएको छ । पहिलो चरणमा हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।  

‘हातहतियारसहित पक्राउ परेका कारण पहिलो चरणमा हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानअघि बढाउन अदालतबाट म्याद थप गरिएको छ’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता डिएसपी मानबहादुर राईले भने । राईका अनुसार बोहराले विभिन्न १० स्थानमा अपराधिक गतिविधी गरेको खुलेको छ । कालिकोटको फेनेली घर भई उर्लाबारीमा बस्दै आएका बोहोरा मंगलबार उर्लाबारी नगरपालिका–३ बाट पक्राउ परेका थिए । 

बोहरालाई प्रहरीले एउटा कटुवा पेस्तोल, थ्रीनट थ्री राईफलको तीन राउण्ड गोली, सकेट बम, डेटोनेटर, नेपाल टेलिकमका सातवटा र एनसेलका दुुईवटा सीमसहित पक्राउ गरेको थियो । उनको साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, एउटा मोबाइल, पेनड्राइभ, कम्प्युटरको हार्डडिक्स, चारवटा डाटा केवुललगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ । ‘विप्लव’ का नाममा संखुवासभा, भोजपुर लगायतका विभिन्न जिल्लामा भएका अपराधिक गतिविधीमा उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । 

प्रकाशित: ३१ असार २०७७ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App