६ चैत्र २०८० मंगलबार
समाज

राँके–भेडेटार सडक खण्डमा कन्तविजोक

पाँचथरको फाल्गुनन्द गाँउपालीका राँके–भेडेटार सडक खण्ड। तस्बिर : गिरिराज बाँस्कोटा/नागरिक

बर्षा भएसँगै राँके–रवि–भेडेटार सडकमा ठाँउ–ठाँउमा अवरोध पुग्नका साथै हिलाम्मे भएपछि  सवारी गुड्न कठिन हुने भएको छ। पाँचथर, इलाम, धनकुटाका विभिन्न गाँउहरू हुँदै १ सय किलोमिटर लामो सडक खण्ड बर्षाको कारण हिलाम्मे भएको छ। विभिन्न ग्रामीण क्षेत्रलाई समेत जोड्ने यो सडकमा गाडी कुद्न कठिन हुँदा सो क्षेत्रका बासिन्दाले सास्ती व्यहोर्नु परेको छ।पिकअप, जिप, एम्बुलेन्स, मोटरसाईलनै कुद्न सक्ने अवस्था छैन्। यो क्षेत्रकाबासिन्दाले सदरमुकाम र अन्य सहर पुग्न निक्कै सास्ती भोग्नु पर्ने अवस्था छ। विरामी लैजान समेत कठिन हुने गरेको बताईन्छ।  

कालोपत्रेका लागि निर्माणाधीन सडक चौडा गर्ने केहि कामहरु भएपनि व्यस्थीत गर्न नसक्दा स्थानीयले सास्ती भोग्नु परेको हो। धनकुटाको सौरे भन्ने ठाँउमा सडक अवरुद्ध छ। यो सडक खुलाउन अझै केहि दिन लाग्ने अवस्था छ। अन्यत्र सडकमा हिलो जमेको छ। गाडीनै डुब्नेगरी हिलाम्मे सडकमा यात्रा गर्दा स्थानीयको कन्तविजोक हुने गरेको छ।  

गाडी कुदाउन नसकेपछि हिड्दै यात्रा गर्नेहरु भेटिन्छ। ग्रामिण क्षेत्रमा सयौँ सडक यो खण्डमा जोडिने भएकाले पनि धेरै क्षेत्रका बासिन्दाले दुख पाएको देखिन्छ। ‘गाडी कुदाउन कठिन भईरहेको छ। बर्षासँगै हाम्रो क्षेत्र दुर्गम सडकले विकट  भए।  पन्साउने प्रयास गर्दापनि सम्भव भएको छैन्’ पाँचथरको फाल्गुनन्द गाँउपालिकाका प्रमुख विर बहादुर कुरुम्बाङ भन्छन् ‘निर्माणाधिन सडकममा नाली निर्माण तथा ठाँउ ठाँउमा पानी नकटाउदा समस्या भएको छ। यो क्षेत्रको मुख्य सडक भएकाले समस्या भएको छ।’

पाँचथरका दक्षिण क्षेत्रका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाफोकथुम, माङ्सेबुङ र धनकुटाको चौबेसे र सागुरीगडी स्थानीय तह छोएर अघि बढ्छ। धनकुटाको  चौविसे गाँउपालिकाका प्रमुख खजिन्द्र राईका अनुसार बर्षासँगै सडकमा गाडी चलाउन कठिन हुने अवस्था सृजना भएको छ। ‘ठेकेदारका केहि प्राविधक बाहेक कोहि पनि छैनन्। अवरोध हटाउनकालागि भन्नलाई मान्छेहरु पनि छैनन्’ उनले भने ‘महत्वको सडक खण्ड भएकाले ठुलो समस्या भएको छ।’

ठाँउ ठाँउमा गाडी कुदाउन सक्ने अवस्था छैन्। दुखले गाडी कुदाएका ठाँउमा ठेलेर कुदाएको देख्न पाईन्छ। विभिन्न स्थानीय तहका केन्द्र समेत यो सडकक्षेत्रमा पर्छन्। हिँउदमा ट्रक, बस चल्ने यो क्षेत्रमा ग्रामिण बजार क्षेत्र पर्छन्। मेची राजमार्गमा पर्ने पाँचथरको राँके बजारबाट घुर्विसे पन्चमी, दशमी, रवि, लेखगाँउ, ६ नम्बर बुधवारे, डाँडाबजार, सौर्ये, राजारानी हुदैँ भेडेटारसम्म जोडिन्छ। ‘यो क्षेत्रको महत्पूर्ण सडक चाडैँ बन्छन् र  राहत पुग्छ भन्ने आश गर्दै गर्दा थप सास्ती भोग्नु परेको छ’ घुर्विसे पञ्चमीका युद्ध वोहोरा भन्छन् ‘अत्यावश्क सेवामा समस्या भएको छ।’

यो सडक खण्डको कालोपत्रे गर्ने काममा प्रगति अत्यान्त सुस्त देखिएको छ। २०७५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको शिलान्यस गरेका थिए। आयोजना प्रमुख अभिमान मूल्मीका अनुसार हालसम्म ७ प्रतिशत भौतिक र ५ प्रतिशतमात्र वित्तिय प्रगति भएको छ। ‘कामलाई तिव्रता दिनकालागि प्रयास गरिएको थियो, लक डाउन सुरु भयो। हालसम्म ३३ प्रतिशत कामसक्नु पर्ने सेडुल थियो’ मूल्मीले भने ‘काममा ढिलाई भएको छ।’ १९ नोभेम्बर २०१८ मा  ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। २ डिम्बसर २०२१ सम्ममा काम सक्ने गरी सम्झौता भएको थियो।

यो कालोपत्रे गर्ने कामको ठेक्का भारतीय कम्पनीको रहेको छ। भारतीय कम्पनीले समयमा काम नगर्दा समस्या भएको छ।  एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा कालोपत्रेको काम अघि बढाइएको थियो।।  ३६ महिनाभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता भएको थियो। ठेकदार कम्पनीले कामलाई तिव्रता दिएको देखिदैन। कटिङ लगायतका काम अधुरो हुँदा बर्षायाममा गाडी कुदाउन कठिन भएको हो। पर्यटटिकय रुपमा प्रचुर सम्भावना भएका क्षेत्र भएकाले यो सडकलाई निक्कै महत्वका साथ लिइन्छ। ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरीकन डलरमा कालोपत्रेका लागी सम्झौता भएको थियो। 

प्रकाशित: ३१ असार २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App