८ वैशाख २०८१ शनिबार
समाज

२५ किलो चाँदीको गहनासहित दुई जना पक्राउ

चाँदीको गरगहनासहित पक्राउ परेका यादव र अंसारी ।

कलैया उपमहानगरपालिकाको मटिअर्वा नाकाबाट अवैध रुपले भित्र्याइएको २५.२ किलो चाँदीको गहनासहित बारा प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ । कलैया–मटिअर्वा हुलाकी सडक अन्तर्गत पर्ने कलैया उपमहानगरपालिका १२ सितलपुरबाट चाँदीको गहना ल्याउनमा प्रयोग गरिएको मोटरसाइकलसहित कलैया उपमहानगरपालिका ५ का इन्द्रदेव यादव र प्रसौनी ६ का वकिस अंसारीलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

भारतबाट चाँदीको गर गहना तस्करी गरि कलैया तर्फ ल्याउदै गरेको सूचना प्राप्त भएपछि त्यसलाई नियन्त्रणमा लिन मटिअर्वाबाट आउने सवारी साधनलाई चेकजाँच गर्न प्रहरी खटाउनु परेको उपरीक्षक पगेनीले बताए।

सडकमा प्रहरीले चेकजाँच गर्ने क्रममा यादव र अंसारी सवार ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलबाट २५ किलो २०० ग्राम अवैध चाँदीको बिभिन्न खाले गर गहना बरामद गरिएको उनले बताए।

कलैयासम्म पुर्‍याए बापत २० हजार पाउने लोभमा आफूहरुले चाँदीको गहनालाई लिएर आएको पक्राउ परेकाहरुले अनुसन्धानमा खुलाएको उपरीक्षक पगेनीले बताए। अवैध रुपले चाँदीसहित पक्राउ परेकाहरु भरिया मात्र भएको र चाँदी मगाउने व्यपारीलाई समेत खोज्ने कार्य सुरु गरिएको बारा प्रहरीले जनाएको छ।

बरामद गरिएको चाँदीको गहनासहित पक्राउ परेकाहरुलाई थप कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाउने तयारी भैरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताएका छन्।

प्रकाशित: ३१ असार २०७७ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App