७ वैशाख २०८१ शुक्रबार
कला

भानु जयन्ती समारोहमा उत्कृष्ट कवि पुरस्कृत

पोखरा सेकेन्डरी स्कुल पोखराको आयोजनामा  २०७ औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा स्कुलले आयोजना गरेको ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ र ’भर्चुअल ट्यालेन्ट सो’का उत्कृष्ट विद्यार्थीको नतिजा सार्वजनिक भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष कमल राज सापकोटाको सभापतित्वमा भएको कार्यक्रमलाई कार्यक्रम संयोजक शिव त्रिपाठीले संचालन गरेका थिए ।  

बागलुङस्थित गणेश माध्यमिक विद्यालयमा अध्यनरत एलिसा सुवेदीले वाचन गरेको ‘गर्भको छोरी’ शीर्षकको कविता प्रथम भएको छ ।

ज्ञानसागर एकेडेमी हेम्जा पोखराकी शृङ्खला त्रिपाठीको ‘नेपाल’ शीर्षकको कविता द्धितीय भएको छ भने ज्ञानमन्दिर विद्या गृह रोल्पाका विजय रेग्मीले तृतीय भएका छन् । उनले ‘उज्यालो छायाँ’ शीर्षकको कविता वाचन गरेका थिए ।  

त्यस्तै रसुवास्थित श्री कालिका हिमालयन सेकेन्डरी स्कुलमा अध्यनरत दीपा तामाङले चौथौ स्थान हासिल गरेकी छन् । पाँचौं स्थानमा अंकित कँडेलले छन् । उनले ‘आमा तिम्रो सम्झनाले’ शीर्षकको कविता प्रस्तुत गरेका थिए ।  

विद्यालयले आयोजना गरेको ’भर्चुअल ट्यालेन्ट सो’ मा पोखरा सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत बोनिशा अधिकारी र मनिता हमाल उत्कृष्ट भएका छन् । अधिकारीले भिडियो सम्पादन गरि समसामयिक विषयमा आफ्नो विचार व्यक्त गरेकी थिइन् भने हमालले कोरानाले पारेको असरबारे कविता प्रस्तुत गरेकी थिइन् ।

विद्यालयका एकेडेमीक एडभाइजर होमनाथ शर्माले सहभागी विद्यार्थीहरू सिर्जनात्मक भएकोमा खुसी व्यक्त गरे । ‘जसरी आदिकवि भानुभक्त आचार्यले घांसीबाट प्रेरणा लिए त्यसै गरि भानुभक्त र उनको बधु शिक्षा, प्रश्नोत्तरी जस्ता कृतिबाट हामी पाठकले पनि धेरै शिक्षा र प्रेरणा लिनुपर्छ ।’ उनले भने ।  

शैक्षिक सत्र २०७६ मा  एसइई सकेका विद्यार्थी सहभागी भएको यस ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ मा उत्कृस्ट हुने पाँच विद्यार्थीलाई लकडाउन पूर्ण रुपमा खुलेपछि पुरस्कार प्रदान गरिने स्कुलका प्रिन्सिपल नारायण न्यौपानेले जानकारी दिए ।  

‘देशका बिभिन्न ठाउँबाट विद्यार्थीहरूले कविता वाचन गरेको भिडिओे पठाएका थिए, जसलार्ई बाल साहित्यकार रमेश चन्द्र घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समूहले मुल्यांकन गर्नु भएको थियो,’ प्रिन्सिपल न्यौपानेले भने, ‘सहभागीलाई प्रमाणपत्र इमेलबाट र बिजयी भाइ बहिनीलाई नगद पुरस्कार बैंकमार्फत हस्तान्तरण गर्ने व्यवस्था गरेका छौं ।’

प्रकाशित: ३१ असार २०७७ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App