८ वैशाख २०८१ शनिबार
समाज

सुनाकोठीको सडकबारे कलाकार मदनकृष्ण : धुलाम्मे, हिलाम्मे, चिप्लाम्मे, कहिले उठ्ला सरकार ?

तस्बिर : कलाकार मदनकृष्ण श्रेष्ठको फेसबुकबाट

ललितपुरको सातदोबाटोको चापागाउँ चोकबाट तीन किलोमिट दक्षिण  सुनाकोठी भन्ने बस्ती छ, जहाँ प्रख्यात् कलाकार मदनकृष्ण श्रेष्ठ पनि ८ वर्षदेखि बसोबास गरिरहेका छन् ।  

तर यो सुन्दर ऐतिहासिक बस्ती  २०७२ सालको महाभूकम्पपछि भने भताभुंग भएको छ । भूकम्पका कारण सडक छेउका धेरै घर भत्किए भने लेले र चापागाउँ हुँदै ठूलो संख्या आवतजावत गर्ने साधारण तथा मालवाहक गाडीका कारण पिच पूरै भत्केर बिजोग भएका कलाकार मदनकृष्ण श्रेष्ठले बताएका छन् ।  

बुधबार त्यहाँको सडकको तस्बिर फेसबुकमा राख्दै उनले सरकारप्रति तीव्र असन्तुष्टि पोखेका छन् । लेखेका छन्, ‘पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे, पानी जमेर चिप्लाम्मे अनि बाटोमा हिँड्नेहरू त्यही हिलोमा चिप्लेर लडाम्मेको अवस्थामा छ ।’

उनले अगाडि लेखेका छन्, ‘भत्केका घरका घरधनीहरू मुआब्जा दिएर घर भत्काएर सडक बढाइदिएर यो हिलो र धुलोबाट मुक्त गराएर यो सुन्दर सुनाकोठीलाई अझ सुन्दर बनाइदिउन् भनेर मस्तले घुरेर सुतिरहेको सरकार कहिले उठ्ला भनेर कुरेर बसिरहेका छन्।’

प्रकाशित: ३१ असार २०७७ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App