coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'रुकुम घटना जातीय छुवाछुतकै आधारमा'

संसदीय विशेष समितिको निष्कर्ष

रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमागत जेठ १० मा ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ। जातीयभेदभाव र छुवाछुतका कारण नवराज विक र सुष्मा मल्लको विवाह रोक्न खोज्नु नै यो अपराधको प्रारम्भ बिन्दुभएको समितिको निष्कर्षछ।  

नवराजविक युवाहरू लिएर प्रेमिका लिन गएकाबेला युवतीकी आमाले हारगुहार गरी वडा अध्यक्षसहित गाउँले बोलाई संगठित र योजनाबद्ध रूपमा उनीसहित ६ जनाको हत्या गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। ‘घटना कुनै भवितव्य होइन योजनाबद्ध नै हो,’समितिको ठहर छ। घटना घट्दा अपराधी पक्राउ गर्नुको साटो घाइतेलाई पक्राउ गर्नेकुरा पनि रहस्यमय रहेको समितिको भनाइ छ। घाइतेले पटकपटक छ जना हराए खोज्नुभन्दा पनि उनीहरूको कुरा नसुनेर प्रहरीले एकलौटी गरेर गम्भीर लापरबाही गरिएको समितिको निष्कर्ष छ। घटनाअघि, घटनाका बेला, घटनापछिको अवस्था हेर्दा घटना योजनाबद्ध र संगठित प्रकृतिको रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।  

निर्वाचित जनप्रतिनिधि घटनाबारे बेखवर हुनु,पीडितलाई सहानुभूति दिनुपर्नेमासम्पर्क नै नगर्नु,उनीहरूलाई भेट्न नजानु जस्ता कुरा पनि रहस्यमय रहेको समितिको निष्कर्ष छ। घटना ४५ मिनेटदेखि १ घण्टाभित्रमा  घटेको तर एकै ठाउँमा दुईचार दिनको अन्तरमा लास भेटिनुपनि अनुसन्धानको अर्को विषय भएको समितिले बताएको छ।‘एकैचोटी११ गते,१४ गते २० गते एकैठाउँमा लास भेटिनुले थप अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ समितिका सदस्य मीनबहादुर विश्वकर्मले बताए। घटनामा प्रहरीले पर्याप्त अनुसन्धान गरेको नदेखिएको भन्दै विधिमा गम्भीर लापरबाही भएको देखिएको समितिको निष्कर्ष छ।  

नेपालको विद्यमान कानुन प्रक्रियामा व्यापाक सुधार गर्नुपर्ने आवश्यकता पनि समितिले औंल्याएको छ। भाग्नेक्रममा सेती नदीमा बगेर मृत्यु भएको भन्ने कुरा कहीँकतैबाट पनि पुष्टि नहुनेहुँदा बन्चरोले र बाउसाले हानेको चोटलाई पनि डुबेर हो भन्ने कुरा षडयन्त्रमूलक भएको समितिको ठहर रहेको छ। समितिले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।  

संसदीय समितिले काम सुरुगरेको एकमहिनाभित्र प्रतिवेदन  मंगलबारसभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको हो। घटनाको कारण तल्लो जातको केटासँग विवाह गर्न माइतीपक्षले अस्वीकार गरेको देखाइएको छ।  

चौरजहाजरी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनकी आमा–बुवा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको छ। सबैलाई आजीवन कैदको माग गरिएको छ।घटनाको छानबिन गर्न जेठ २६ गतेको प्रतिनिधिसभा बैठकबाट नेकपाका सांसद्देवेन्द्र पौडेलको नेतृत्वमा नौ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। संसदीय विशेष छानबिन समितिले गत जेठ ३१ गते पहिलो बैठक बसेर काम सुरु गरेको थियो। त्यसपछि समिति सदस्यहरू घटनास्थल प्रस्थान गरेका थिए। समितिका सदस्यहरूले घाइते, मृतकका परिवार र विज्ञहरूसँग भेटेर घटनाबारे जानकारी लिएका थिए।घाइतेलाई भेला पारेर आक्रमणको रिहर्सल पनि गराउनुका साथै कसरी आक्रमण भयो भनी घाइतेले देखाएका थिए।

पौडेलको संयोजकत्वमा बनेको विशेष समितिमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुंके, प्रकाश रसाइली (स्नेही) विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव सदस्य रहेका छन्। उक्त समितिको म्याद काम सुरु भएको मितिले ३० दिन तोकिएको थियो। 

प्रकाशित: ३१ असार २०७७ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App