१५ चैत्र २०८० बिहीबार
समाज

त्रियुगा नदीमा बेवारिसे शव

मंगलबार दिउँसो त्रियुगा खोलाले बगाएर ल्याएको एक बेवारिसे शव फेला परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका १० को खैराहाझोडास्थित नदी किनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

अन्दाजी १ः०० बजे स्थानीयले नदीकिनारमा आधा शरिर बालुवाले पुरिएर लडिरहेको लास देखेर खबर गरे अनुसार इलाका प्रहरी कार्यालय बेलटारदेखि खटेको टोली पुग्दा बेवारिसे व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले लासको स्थलगत सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि अस्पतालमा बुझाएको जनाएको छ ।  

नाम, थर वतन नखुलेको लास कसको हो भन्ने नखुलेको र सोधी कार्य भईरहेको इप्रका बेलटारका इन्सपेक्टर बुद्धि चौलागाईलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी गोविन्द पुरीले बताए । मृतकको लुगा, मोवाईल र केही सामान भने शरिरमै भेटिएको भए पनि सनाखत भने हुन नसकेको पुरीले बताए । 

प्रकाशित: ३० असार २०७७ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App