१५ चैत्र २०८० बिहीबार
समाज

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुपर्ने माग

नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो । 

देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताए । लकडाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरुले नदिएको उल्लेख गर्दै उनले अवस्था सहज भएपछि गुणस्तरहित र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरे ।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ । मंगलबार औषधि व्यवस्था विभाग अगाडी संघले धर्ना दिएको छ । आफ्ना मागहरु पुरा नभएर आन्दोलन थप कडा पार्ने चेतावनी संघले दिएको छ ।

प्रकाशित: ३० असार २०७७ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App