८ वैशाख २०८१ शनिबार
समाज

घरबहाल छुट गर्ने बुटवलका घरधनीलाई सम्मान

कोरोना कहरले नागरिकको दैनिक असज भएको बेला बुटवलमा घरभाडा मिनाहा र छुट दिएका ६० जनालाई सम्मान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई सम्मान गरिएको हो ।

संकटका घडीमा सहकार्य र समभाव राख्दै एकले अर्कोलाई सहयोग गर्ने सस्कृतिको विकास गर्नुृृपर्ने सन्देश दिनका लागि मंगलबार बुटवलमा एक कार्यक्रमका बिच सम्मान गरिएको नेपाल घरबहाल संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले बताए । घरधनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सम्मान पत्र प्रदान गरेका थिए । 

सम्मानित हुनेहरुमा मृगेन्द्रकुमार सेरचन, रुपकिशोर लाकौल, सिंह कम्प्लेसका सञ्चालक महेशमान सिंह, यज्ञप्रसाद कसजु, मदनलाल शेरचन, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद न्यौपाने, चक्रबहादुर पुन, कृष्ण पाठक, उज्जवल कसजु, नवराज श्रेष्ठ, सुनिल वझा, शोभाखर पाठक, सुलोचना श्रेष्ठ, रबिन्द्र गोपाल लाकौलले केही समयको घरभाडा छुट दिएका कारण सम्मानित भएका हुन् । 

त्यस्तै, अम्मल लाकौल, ईन्द्र रिसाल, डा. द्वारिका थैव श्रेष्ठ, होमबहादुर सेन, बुद्धिप्रसाद शर्मा पाण्डे, नारायण ढकाल, रामचन्द्र रेग्मी, ऋषि भण्डारी, यमुना श्रेष्ठ, रामकुमार श्रेष्ठ, गीता शर्मा भट्टराई, चुन्नुप्रसाद पौडेल, शुमी हमाल, बिकास कर्माचार्य लगायत ६० जना घरधनीले भाडा छुट दिएका कारण सम्मानित भएका हुन् । 

सम्मानपछि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लकडाउनको समयको घरभाडा छुट दिएर बुटवलका घरधनीहरुले समाजलाई सकारात्मक सन्देश प्रदान गरेको बताए । नगर प्रमुख सुबेदीले बुटवलमा घरबहाल कर १२ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको जानकारी गराए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलका केही व्यवसायी र घरधनीले समग्र व्यवसायीको हितमा काम गरेको भन्दै घरबहाल मिनाहा तथा छुट गर्ने कार्य सराहनिय भएको बताए ।

नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोईरालाले लकडाउन अबधीको केही भाडा छुट दिएर व्यवसायीलाई ठूलो गुन लागेको बताए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि व्यापार व्यबसाय प्रत्यक्ष रुपमा प्रभावित भएको थियो ।

प्रकाशित: ३० असार २०७७ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App