coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नायब सुब्बा घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराज स्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्ने नासु कृष्ण बल्लभ ठाकुरले ट्रायल चेक गरी बढी जग्गाको श्रेष्ता कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको उजुरी अख्तियारमा परेको थियो ।

उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको १३ हजार रुपैयाँ सहित कार्यकक्षबाटै उनलाई रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित: ३० असार २०७७ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App