८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश १ मा ३५ संक्रमित डिस्चार्ज

प्रदेश १ मा कोरोना संक्रमण मुक्त भएर ३५ जना डिस्चार्ज भएका छन् । समाजिक विकास मन्त्रालयका अनुसार मंगलबार कोरोना मुक्त भएर प्रदेश १ मा ३५ जना डिस्चार्ज भएका हुन् ।  

डिस्चार्ज हुनेहरूमा झापाका ४ महिला १ पुरुष, मोरङका ९ महिला ७ पुरुष, उदयपुरका ६ महिला ७  पुरुष, सुनसरीका २, इलामका १ पाँचथरका १ जना पुरुष छन् । यस्तै प्रदेश १ मा ६ जना नयाँ संक्रमित थपिएका छन् । झापा शिवसतासीकी १ महिला, सुनसरी भोक्राहाका १, धनकुटा छथर जोरपाटीका २, धनकुटा शहिदभूमीका १ र तेह्रथुम म्याङ्लुङका १ जना पुरुष छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ । हालसम्म संक्रमण मुक्त भएर ६ सय ४२ जना घर गइसकेका छन् । प्रदेशका विभिन्न अस्पतालमा हाल ८८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित: ३० असार २०७७ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App