६ वैशाख २०८१ बिहीबार
समाज

प्रहरी र लागूऔषध ओसारपसारमा संलग्नबीच झडप

रुकुम पश्चिमको बाँफिकोट–४ नुनइटाकुरामा प्रहरी र लागूऔषध ओसारपसारमा संलग्नबीच सोमबार झडप भएको छ । अवैध लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा झडप भएको हो ।

चेकजाँच गर्दा ती व्यक्तिले प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । भाग्ने प्रयास गर्दा प्रहरीले एक राउण्ड हवाइ फायरसमेत गरेको थियो । दुईजनाको समूहमा आएका केजी पाँच सय ग्राम अफिम, २६ हजार रूपैयाँ र एक थान मोबाइल बाँफिकोट–५ का ३५ वर्षीय शंकर पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीबाट चार बरामद गरिएको छ ।

प्रकाशित: ३० असार २०७७ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App