८ वैशाख २०८१ शनिबार
समाज

बाढीपहिरो पीडितको उद्वार गर्न आग्रह

पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको विभिन्न ठाउँमा अविरल बर्षाको कारणले बाढी, पहिरो, डुबानबाट ठूलो धनजनको क्षति भएकोमा दुःख प्रकट गरेको उल्लेख छ ।

विज्ञप्तिमा उक्त घटनामा विस्थापित भएका परिवारलाई जीविकोपार्जन गर्न उपयुक्त पुर्नवासको व्यवस्था, मृतक भएका व्यक्ति र क्षति भएका संरचनाको क्षतिपूर्तिका साथै तत्काल राहत सामग्री उपलब्ध गराउन, घाइतेको यथाशीघ्र उपचार गर्न, क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न मञ्चले सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित: ३० असार २०७७ १०:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App