coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नमुना संकलन सुस्त हुँदा संक्रमणको दर घट्यो

नाम मात्रैको लकडाउन, रित्तिदै क्वारेन्टिन र आइसोलेसन

प्रदेश नं.५ मा क्वारेन्टिन र आइसोलेसनहरूमा भिड घटदै गएको छ । पिसिआर परीक्षण गर्ने प्रयोगशालाहरूमा नमुनाको चाँप कम छ । भारत तथा तेश्रो मुलुकबाट फकर्नेहरूको संख्या नगण्य छ । यस अघि क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटि परीक्षण गरी घर पठाइएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएकालाई पनि १४ दिन आइसोलेसनमा राखेर परीक्षण नगरी घर पठाइएको छ । सरकारको टेष्टिङ गाइडलाईन अनुरुप लक्षण वा कुनै स्वास्थ्य समस्या नदेखिएकालाई  टेष्ट नगरी घर पठाइएको सम्बन्धित जिल्लाका स्वास्थ्य अधिकारीहरूले बताएका छन ।

प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार एक जना हो । त्यसमध्ये सोमबार साँझसम्म कोरोना जितेर घर फर्कनेको संख्या ३ हजार २०६  पुगेको छ । ६ सय ६७ जना अहिले पनि बिभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचारत छन्।  

स्वास्थ्य अधिकारीका अनुसार संक्रमित मध्ये करिब ३० प्रतिशतलाई १४ दिन पछि  पिसीआर टेष्ट गरी नेगेटिभ रिर्पोट आएपछि घर पठाइएको छ । झण्डै ७० प्रतिशतलाई भने टेष्टिङ गाइडलाइन अनुरुप कुनै लक्षण वा स्वास्थ्य समस्या नदेखिएको भन्दै पिसीआर नगरी घर पठाइएको छ । स्थानीय तहहरूले आफै भिटिएम किनेर स्वाब संकलन गरी कन्फरमेसनकालागि संक्रमितको स्वाब टेष्ट गर्न पठाएपनि प्रदेश प्रयोगशाला भैरहवाले ती नमुनाको  परीक्षण नै नगरीदिएको पाल्पा माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताए ।

भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरूमा संक्रमणको दर उच्च देखिएको थियो । पछिल्लो समय भारतबाट फकर्नेको संख्या थोरै रहेकाले संक्रमणको दर न्युन हुँदै गएको दाबी प्रदेश सरकारको छ । अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले कोरोना नियन्त्रण, रोकथाममा प्रदेशले उल्लेख्य प्रगती गरेको बताए ।  

तर स्थानीय तहका जनप्रतिनिधिहरूले भने कोरोना रोकथाम तथा उपचारमा सफलता  देखाउन परीक्षण नै बन्द गरीएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पाल्पाको माथागढी गाँउपालिका अध्यक्ष थापाले क्वारेन्टिन र आइसोलेसनहरू रित्तिदै गएपनि सम्भाब्य जोखिम क्षेत्र पहिचान गरी परीक्षणलाई समुदाय स्तरमा लैजानु पर्ने बताए । आइसोलेसनमा राखिएका संक्रमितहरूलाई अन्तिम परीक्षण नगरी घर पठाइएकाले ढुक्क हुने अवस्था नरहेको उनको ठहर छ । समुदायमा फैलिएको त्रास हटाउन र संक्रमण निको भएर फर्केकाहरू प्रति गरीने व्यवहार परिवर्तनकालागि पनि परीक्षण रोक्न नहुँनेमा उनको जोड छ ।  

नवलपरासीको प्रतापपुर गाँउपालिकाका उपाध्यक्ष अन्जु चौधरीले लकडाउन खुकुलो हुँदा जोखिम झन बढेकाले टेष्टको दायरा बढाउनु पर्नेमा जोड दिइन्। सिमाक्षेत्रका बस्तिहरू उच्च जोखीम रहेको भन्दै उनले परीक्षण नै बन्द गरेर संक्रमणको दर घटेको देखाउँदा अप्रिय स्थिति निम्तन सक्ने चिन्ता व्यक्त गरिन्।  

प्रदेशमा पछिल्लो समय अतिसंवेदनशिल केश तथा अस्पतालको आइसोलेसनमा भर्ना भएका बिरामी र कन्ट्रयाक्ट ट्रेसिङका मात्र स्वाब संकलन भइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। नमुना संकलन हुन छोडेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, राप्ती र भेरीमा नमुनाको चांङ घट्दै गएको छ । सोमबार साँझ सम्म प्रदेशमा दुई हजार ६ सय दुई वटा नमुना परीक्षणको प्रक्रियामा छन्। स्वास्थ्य अधिकारीका अनुसार पहिले प्रदेशका बाह्रै जिल्लामा गरेर दैनिक १२/१५ सयको हाराहारीमा नमुना संकलन हुन्थ्यो । तर अहिले दैनिक दुई/अढाई सय नमुना संकलन हुन्छ ।

नाम मात्रैको लकडाउन  

प्रदेश नं. ५ का सबैजसो जिल्लामा लकडाउन पुरै खुकुलो छ । चोक चौराह, बजार, पसल जताततै मानिसहरूको भिड दिन प्रतिदिनि बढदो छ । अन्यत्र मास्क नलगाई निस्कनेलाई पक्राउ गरी कारबाही गरेका घटना सार्वजनिक भइरहँदा प्रदेश ५ को अस्थाई मुकाम बुटवलमा न मास्क अनिबार्य छ, न भौतिक दुरी कायम गरीएको छ । न भिडभाडमा रोक लगाइएको छ  । 

तुलनात्मक रुपमा तराईका जिल्लामा दक्षिणी क्षेत्रहरू र मुख्य शहरहरू बुटवल, भैरहवा, परासी, तौलीहवा, नेपालगञ्ज, तुलसीपुर, घोराहीमा लकडाउन निकै खुकुलो छ । सरकारी कार्यलयहरूमा झन लापरबाही छ ।  मुख्य शहरहरूमा होटल रेष्टुराहरू पनि भित्रभित्रै खुलेका छन्। बजारमा मास्क लगाउने भन्दा नलगाउने धेरै भेटिन्छन्। तर प्रहरी प्रशासन यो बिषयमा मुक दर्शक भएको देखिन्छ । अन्य सरोकारवाला निकायले पनि ध्यान दिएका छैनन्। 

लकडाउन खुकुलो हुँदा कारोनाको जोखिम झन बढने भन्दै सावधानी अपनाउन जनस्वास्थ्य विज्ञहरूले सुझाव दिइरहँदा सीमा क्षेत्रमै रातसाँझ साइकल, निजी गाडी तथा मोटरसाइकल, स्कुटर सीमा वारपार गरीरहेको गुनासो नाकाक्षेत्रका बासीन्दाहरूले गरेका छन्।

रित्तिदै क्वारेन्टिन र आइसोलेसन

संक्रमितको संख्या घटदै जाँदा आइसोलेसन सेन्टर र क्वारेन्टिन पनि रित्तिदै गएका छन्। गत जेठमा प्रदेशका बाह्र जिल्लामा रहेका क्वारेन्टिनहरूमा भारतबाट फर्केका ४० हजार जनालाई राखिएको थियो । तर अहिले त्यो संख्या पाँच हजार तीन सय ५६ मा झरेको  छ ।  प्रदेशमा नयाँ संक्रमितको तुलनामा निको भएर फकर्नेहरूको संख्या उच्च रहेकाले आइसोलेसन सेन्टर तथा कोभिड विशेष अस्पतालका बेडहरू पनि खाली हुँदै गएका हुन्।

प्रकाशित: ३० असार २०७७ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App