coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने

जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।  

सो सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्दा कतै १२ मिटर त कतै २० मिटरसम्म कायम हुने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । सरकारले केही समय पहिले मात्रै काठमाडौँ उपत्यका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । उनले भने, 'सोही निर्णयका आधारमा कालोपत्र गर्न लागिएको हो ।'

सडक विस्तारकै लागि आयोजनाले बन्दाबन्दी समयमा समेत आवश्यक तयारीको काम गरिरहेको थियो । यहाँ रहेका ६७ रुख हटाइएको आयोजनाले जनाएको छ । अत्तरखेलमा रहेका झण्डै १५० घर हटाउन नसकिने हुनाले त्यस क्षेत्रमा सडकको चौडाइ कम हुने आयोजना प्रमुख अधिकारीले बताए । उनले भने, 'जुन ठाउँमा जति उपलब्ध छ त्यति गर्दा कतै बढी र कतै कम हुने देखिन्छ ।' विस्तारका क्रममा रहेको सडकमा मर्मतसमेत नहुँदा स्थानीयवासी हैरानी भोग्दै आएका थिए । सडकमा खाल्डोका कारण बर्षाको समयमा आवतजावतमा कठिनाइ भएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित: ३० असार २०७७ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App