८ वैशाख २०८१ शनिबार
समाज

पहिरोमा ८ जना आफन्त गुमाएकी राजमतीको पीडा

म्याग्दीको धवलागिरी गाउँपालिका–६, राम्चेकी राजमती सिर्पाली, ४६, ले छोरी सुकनालाई नजिकै विवाह गरिदिएकी थिइन।  छोरी सुकना र नातीनातिनासँग राजमतीको दिनहुँजसो भेट हुन्थ्यो।  आँखाका नानीसमान नातिनातिनालाई दैनिकजसो देख्न पाउँदा राजमती निकै हर्षित हुन्थिन्।  राजमतीलाई कहिल्यै छोराछोरी, नातिनातिनाको अत्यार लागेन्।  

घरको पिँडीबाट चर्को स्वरमा बोल्दा छोरीको घरमा आवाज पुग्थ्यो।  न्यून आर्थिक अवस्था भएपनि राजमतीले घरायसी, कृषि कर्मबाट जीवन निर्वाह गरिरहेकी थिईन्।  गएको शुक्रबार बस्ती नजिकै नापरुखबाट पहिरो खसेर घर पुरिएपछि राजमतीले एकै क्षणमा परिवारका आठ  सन्तान गुमाईन्।  दैनिकजसो घरआँगनमा खेल्ने नातिनातिनासँगै छोरा छोरीलाई गुमाएकी राजमतीको आँखामा आसँ थामिएका छैनन्।  २६ बर्षिया छोरी सुकना लामगादे, ७ बर्षिया नाति आशिष,४ बर्षिया आयुष र ३ बर्षिया नातिनी आयुषालाई राजमितले गुमाईन।  

त्यस्तै २४ बर्षिया छोरा मनबहादुर श्रीपाली, २३ बर्षिया बुहारी कमला श्रीपाली, ७ बर्षिया नातिनी सुरक्षा र २ बर्षिय नाती सुरज श्रीपालीलाई समेत उनले गुमाउन पुगिन।  मध्यरातमा एक्कासी खसेको पहिरोमा आठ सन्तान गुमाएकी राजमतीकी अर्की बुहारी मञ्जिता सिर्पाली भने संयोगले जोगिइन।  गर्भवति रहेकोले मञ्जितालाई उपचारको लागि पोखरा मणिपाल अस्पतालमा ल्याइएको छ।  मञ्जिताको कोखमा ६ महिनाको गर्भ छ।  पहिरोमा परेकी मञ्जिताका एकहर खुट्टाचलेको छैन भने कोखा र शरीरका अन्य भागमा पनि चोट लागेको छ।  घटना पश्चात मञ्जिताको पिसाब रोकिएपछि म्याग्दीका समाजसेवी राजेश शाक्य र नारायण जिसीको सहयोगमा उद्धार गरि हेलिकप्टरबाट पोखरा पुर्याइएको थियो। मञ्जिताले राजमतीका साइला छोरा दीपक सिर्पालीसँग प्रेम विवाह गरेकी थिइन्।  पहिरोमा ज्यान गुमाएकी सुकनाको श्रीमान साउदी अरबमा छन्।  

पहिरोमा एकै क्षणमा परिवारका अधिकांश सदस्यलाई गुमाएकी राजमतीले छोराछोरी, बुहारी र नातिनातिनीको सट्टा आफ्नो ज्यान लिनुपर्ने भन्दै मुड्की बजार्दै भगवानले पनि पक्षपात गरेको भन्दै बिलौना गर्छिन।  'आँसु थाम्ने शक्ति मैले पाएको छैन्,’लुकाउन खोज्छु छोरीको अवस्था देखेर एकैछिनमा आँसु बगिहाल्छ’ उनले भनिन्।  

मृत्युलाई समेत नचिनेका नातिनातिनीले समेत ज्यान गुमाउनुपरेको भन्दै भगवानले आफ्नो परिवारलाई धोका दिएको उनको गुनासो छ। ‘ दुईबर्ष अगाडि श्रीमानलाई गुमाए, अहिले परिवारका धेरै सन्तानलाई दैवले खोसे’ राजमतीले भनिन्।  ‘छोराछोरीका लागि धेरै सपना बुनेकी थिए, ‘मेरो खुसीलाई भगवानले खोसे’ राजमतीले भनिन्।  राजमतीको आँखामा आँसु थामिएका छैनन्।  पहिरोमा परेर जोगिएका छोरा खगिन, दिपक र सफललाई हेरेर चित्त बुझाउने उनले बताईन्।  राम्चे गाउँमा तीन घर पुरिएको छ।  सोही गाउँकी ६ बर्षिया रेश्मा सुनारको समेत पहिरोमा मृत्यु भएको छ।  

जसले पहिरोमा परिवारका धेरै सदस्य गुमाए

शुक्रबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले धवलागिरी–६ रिखका भिमबहादु जुग्जालीले ५५ बर्षिया श्रीमती गौशरालाई मृत्यु भयो।  घरमाथिबाट खसेको पहिरोमा जुग्जालीले बुहारी २० बर्षिया दिमा जुग्जाली, ४ बर्षिया नातिनी दिप्ती, १ बर्षिय नाति दिवानलाई पहिरोमै गुमाएका छन्।  ढिस्को नै घरमा खसेपछि भिमबहादुरले ज्यान जोगाएपनि परिवारका चार सदस्यलाई आफ्नै अगाडी गुमाएका छन्।  त्यस्तै सोही गाउँमा धनबहादुर जुग्जालीले ३३ बर्षिया श्रीमति हिरामति जुग्जाली, ७ बर्षिया छोरी करिश्मा र ५ बर्षिया कञ्जनलाई गुमाए।  श्रीमति र छोरी गुमाएका  धनबहादुरले जोगाउने अनेक प्रयास गरेपनि सफल हुन सकेनन्।  मराङका विभिन्न चारवटा स्थानमा गएको पहिरोमा एकै परिवारका धेरैले ज्यान गुमाएका छन्।  

धवलागिरी–६ मा १९ जनाको शब भेटियो भने २ जना बेपत्ता अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।  ‘बेपत्ता दुईजनालाई म्याग्दी खोलामै मिसाएको अनुमान गरिएको छ,‘ पहिरो नजिकै ढुंगा खस्ने क्रम अझै रोकिएको छैन’ प्रनाउ कुँवरले भने।  यता छिमेकी मालिका गाउँपालिका–७ बिममा पहिरोमा ज्यान गुमाएका ८ जना अधिकांस एकै घरभित्रका छन्।  पहिरोमा ४० बर्षिया विष्णु पौडेल र उनकी ४ बर्षिया छोरी ईच्छा,  ३५ बर्षिया गौदेवी नेपाली र ५ बर्षिय छोरा विशेष नेपाली रहेका छन्।  गौमतीका श्रीमान पूर्णबहादुर गम्भीर घाईते अवस्थामा उद्धार गरिएको छ।  त्यस्तै सोही गाउँका ३८ बर्षिया वीरबहादुर नेपाली, उनका श्रीमती २५ बर्षिया विष्णु नेपाली, ५ बर्षका छोरा सन्दिप र २ महिनाकी छोरी निशा नेपालीको ज्यान गएको छ।  म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये २८ जनाको शब भेटिएको छ भने मराङ र बिममा आएको पहिरोमा परेकामध्ये तीनजना जीवितै सम्पर्कमा आएको भए पनि बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सविन पुन, मालिका–७, बिमको एलिसा केसी र खोलाले बगाउँदा बेपत्ता भएकी मालिका–६, दरबाङका ४१ वर्षीय गीता रोका नभेटिएको प्रहरीले जनाएको छ।  

 

 

 

 

 

 

 

प्रकाशित: ३० असार २०७७ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App