१६ चैत्र २०८० शुक्रबार
समाज

गण्डकी प्रदेश : महिलामाथि घरेलु हिंसा र बालिकामाथि यौन दुर्व्यवहार

कोभिड–१९ को महामारीको तीन महिनामा घरेलु तथा महिला हिंसाका घटनाहरु उल्लेख्य भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्यांकले देखाएको छ । इन्सेकको प्रतिवेदन अनुसार १ हजार १ सय १९ जना पीडित भएका छन् । महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भएको इन्सेकले जनाएको छ ।

तीन महिनाको अवधि ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखले जनाएको छ । इन्सेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा तीन महिनको अवधिमा तीन बलात्कारको घटना भएको छ । एक बलात्कारको प्रयास, २२ घरेलु हिंसा र एक यौन दुव्र्यवहारको घटना भएको इन्सेकले जनाएको छ । इन्सेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा अन्य प्रदेशको तुलनामा महिलामाथिको हिंसात्मक घटना कम छन् ।

लकडाउनको तीन महिनामा मानव अधिकार उल्लङ्घनका विभिन्न विषय तथा घटनाहरू सार्वजनिक गरिएको छ । क्वारेन्टिनमा राम्रो व्यवस्था नभएको, हजारौँको सङ्ख्यामा भारतबाट आएका नेपालीलाई उचित व्यवहार नगरिएको, स्वास्थ्य उपचारमा लापरबाही गरिएको, मानव अधिकार रक्षक त्यसमध्ये पनि स्वास्थ्यकर्मी, पत्रकार तथा शिक्षकमाथि कुटपिट तथा दुव्र्यवहार भएको र महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनालाई समेत इन्सेकले आफ्नो अभिलेखमा उल्लेख गरेको छ ।  

राज्यपक्षबाट तीन महिनको अवधिमा ६४ जना पीडित हुँदा अन्य पक्षबाट १०५५ जना पीडित भएको तथ्यांकले देखाएको छ । बालबालिकामाथि हुने हिंसात्मक घटनाको परिदृष्यलाई हेर्दा गण्डकी प्रदेशमा तीन महिनामा १२ वटा बलात्कारको घटना भएका छन् । ८ यौन दुव्र्यवहार र एक बालविवाहको घटना भएको उल्लेख गर्दैै इन्सेकले आफ्नो अभिलेखमा समेटेको छ । तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि समेत दुव्र्यवहार भउको घटनालाई इन्सेकले उल्लेख गरेको छ । लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । तीन महिनाको अवधिमा १ सय ८७ बालिकामाथि बलात्कार, ७५ बालिकामाथि यौन दुव्र्यवहार र बेचबिखन तथा ओसारपसार घटनामा चार जना बालिका पीडित भएका छन् ।

प्रकाशित: ३० असार २०७७ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App