coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्याङ्गजामा पहिरोः निरीक्षणकालागि हिडेका पूर्व गाविस अध्यक्षको मृत्यु, तीन बेपत्ता

स्याङजाको बिर्घामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। त्यस्तै पहिरोमा परेर दुई जना घाइते भएका छन्।  जिल्लाको कालिगण्डकी गाँउपालिका वडा नं. ४ मा खहरेमा गएको पहिरोमा परेर  खहरेकै इमानसिंह रानाको मृत्यु भएको हो । राना सविकको बिर्घा गाविसका पूर्व अध्यक्ष हुन्। पहिरोमा पुरिएका तीन जना अझै बेपत्ता छन्। वडा नं. ४ खहरेकै स्थानीय प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टिका थापा बेपत्ता रहेको कालिगण्डी गाँउपालिका वडा नं. ४ का र्वाड अध्यक्ष  चक्रपाणी पाण्डेले नागरिकलाई बताए।  

पहिरोमा पुरिएका दुई जनाको उद्यार गरिएको छ। पहिरोबाट उद्यार गरिएका वडा नं ४ कै वडा सदस्य होमनाथ पाण्डे र अर्का स्थानीय विरबहादुर राना घाइते छन्। घाइते रानाको जिब्रोे काटिएको छ भने पाण्डेको शरीरका बिभिन्न भागमा चोट लागेको छ। उनीहरु दुवै जनालाई उपचारका लागि पाल्पा पठाइएको वडाध्यक्ष पाण्डेले बताए। प्रहरीका अनुसार पहिरो नजिकैको खहरेकै  ४ घर पनि जोखीममा परेका छन्। ती घर भित्र लेदोमाटो पसेपछि उनीहरुलाई  सुरक्षित स्थानमा सारिएको स्याङ्गजा प्रहरीले जनाएको छ।  

कालीगण्डकी गाँउपालिका वडा नं ४ का अध्यक्ष पाण्डेका अनुसार रातभर परेको अबिरल बर्षाले वडाका बिभिन्न स्थानमा पहिरो झरेको भन्ने खबर सुनेपछि आज बिहान वडा सदस्य पाण्डे, पूर्व गाविस अध्यक्ष रानासहितको टोली निरीक्षणकालागि हिडेको थियो। पैदलै हिड्दै गर्दा बस्ती नजिकै माथिबाट झरेको पहिरोले ६ जनाको टोलीलाई बाटोमै पुरको हो। घटना स्थलमामा अहिले नेपाल प्रहरी, नेपाली सेना पुगेको छ। वेपत्ताको खोजी भइरहेको वडाध्यक्ष पाण्डेले नागरिकलाई बताए।

प्रकाशित: ३० असार २०७७ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App