coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमित निको भएर फर्किए

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ । गोठगाउँबाट झापा आई सकेका उनलाई मंगलबार आज गृह जिल्ला ल्याइने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।  

साउदी अरबरबाट आएका २३ वर्षिय उनी गृह जिल्लास्थित भानु माविको क्वारेन्टिनमा रहेका बखत गरिएको पीसीआर परीक्षणमा ताप्लेजुङमै भेटिएका पहिलो कोरोना संक्रमित थिए । अब सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा १ महिला र १ पुरुष गरी २ जना कोरोना संक्रमित नागरिक रहेका छन् । अहिलेसम्म कुनै गम्भीर समस्या नदेखिएका उनीहरु दुबैजना बैदेशिक रोजगारीबाट फर्किएका नागरिक हुन् ।

प्रकाशित: ३० असार २०७७ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App