६ चैत्र २०८० मंगलबार
समाज

तनहुँका विभिन्न स्थानमा पहिरोमा परी १० को मृत्यु, दुई जना वेपत्ता

अविरल वर्षा संगै आएको पहिरोका कारण तनहुँमा १० जनाको मृत्यु भएको छ । पहिरोका कारण २ जना वेपत्ता भएका छन् भने दुई जना घाइते छन् । सोमबार बिहान गएको बाढीपहिरोका व्यास नगरपालिकामा ४ जना,  ऋषिङ गाउँपालिकामा ५ जना र म्याग्दे गाउँपालिकामा १ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।  

पहिरोमा पुरिएर ऋषिङमा एकै परिवारका ५ को मृत्यु भएको हो ।  रिसिङ गाउँपालिका–८  भैसीकिलीमा गएराति गएको पहिरोमा परी एकै परिवारका पाँच वेपत्ता  भएका थिए । उनीहरूको प्रहरी र स्थानियले खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरी प्रमुख पौडेलले दाबी गरे ।  प्रहरीका अनुसार राती करिब १ बजे घर माथिबाट पहिरो खस्दा अनबहादुर थापाको परिवारका ५ जना वेपत्ता भएका थिए । 

सोमबार साँझ पाँचै जनाको शव भेटिएको पौडेलले बताए । पहिरोमा अनबहादुरका छोरा ३० वर्षीय भेषबहादुर र बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा, छोरा २२ वर्षीय महादेव, र बुहारी १९ वर्षीया मनिसरा थापा खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् । अनबहादुरकी श्रीमती ६० वर्षीया ज्योतीमाया थापाको पोखरामा उपचार भईरहेको छ ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसहितका उद्धार टोलीले खोजी कार्य जारी राखेको थियो । त्यहाँ बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल सँगै तीन प्रहरी युनिट खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।  

व्यास नगरपालिका–९ माँझफाटमा केशर थापाको घरमा पहिरो जाँदा पुरिएर ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा र छोरी २१ वर्षीय अन्जना थापाको मृत्यु भएको एसपी पौडेलले बताए । सोही पहिरोमा परी २० वर्षीय राजेश थापा बेपत्ता भएका छन भने  घरधनी केशर थापा घाइते भएका थिए । घाइते थापाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ  त्यस्तै सोही स्थानकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु भएको छ । पहिरोमा बेपत्ता भएकाको स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको सहयोगमा खोजी कार्य भईरहेको छ ।

व्यास–११ राम्चेमा पहिरोले पुर्दा एक बेपत्ता छन् । भाइको घर गएका  पदम चेपाङ पहिरोले पुरेर बेपत्ता  भएका हुन ्। उनको खोजी जारी रहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित: २९ असार २०७७ १४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App