coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तस्करीका सामान बरामद

सीमा क्षेत्रमा हुने गरेको चोरी, तस्करीमा संलग्नहरू समस्याको मौकाको फाइदा उठाउँदै तस्करी बढाउने गरेका छन् । विभिन्न समयमा आइपर्ने प्राकृतिक विपद् होस् वा अन्य कुनै विपद्मा प्रहरीहरू त्यसतर्फ ध्यान दिँदै गर्दा तस्करीहरू व्यापक रूपमा सामान ओसारपसार गर्दै आएका छन् ।  

यतिबेला सुरक्षाकर्मी बाढी र डुबानबाट पीडित भएकाको उद्धारमा व्यस्त भएको मौकामा तस्करहरू भने अवैधरूपमा सामान ओसारपसारमा व्यस्त देखिन्छन् ।  

नेपाल–भारत सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरी बाढीपीडितको उद्धारमा संलग्न हुँदै सीमाबाट हुने चोरी, तस्करी नियन्त्रण गर्दै आएका छन् । भारतबाट मोटरसाइकलमा तस्करी गरेर ल्याउँदै गरेको कपडा मोरङको जहदा गाउँपालिका–१ बुधनगरबाट इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले को ३८ प ६६३९ नम्बरको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको कपडा बरामद गरिएको जानकारी दिए । उनकाअनुसार आइतबार साँझ बरामद गरिएको महिलाले लगाउने एक सय १९ थान कपडा ३७ हजार मूल्य बराबरको छ ।  

कपडा तस्करीमा संलग्न व्यक्ति प्रहरीलाई देख्न साथ मोटरसाइकल र कपडा छाडेर भागेको प्रहरीले जनाएको छ । मोटरसाइकल कसको हो भन्ने नखुलेको र नम्बरका आधारमा तस्करीमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । कपडा र मोटरसाइकल कारबाहिका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।  

पछिल्लो समय भारततर्फ मरिच र मटर व्यापकरूपमा तस्करी हुँदै आएको थियो । तस्करी नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएपछि सीमा क्षेत्रमा धमाधम सामानसहित मानिस पक्राउ पर्न थालेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मी कहाँ र कतिबेला कुन काममा व्यस्त हुन्छन् भन्ने कुरा तस्करीमा संलग्नले विचार गरिरहेका हुन्छन् र त्यही मौका छोपेर ओसारपसार गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रकाशित: २९ असार २०७७ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App