७ वैशाख २०८१ शुक्रबार
समाज

त्रास घट्यो, जोखिम कायमै

कोरोना कहर

जिल्ला प्रहरी कार्यालय रोल्पा अगाडि मास्क लगाएर हिडेकी एक महिला। तस्बीरः दिनेश/नागरिक

पछिल्लो समय कोरोना संक्रमण घट्दै गएको देखिए पनि त्रास भने घटेको छैन। लामो समयको लकडाउनबाट आजित मानिसहरुले नियमित कामका निस्किन थालेका छन्। सरकारी तथा गैर सरकारी कार्यालयले सेवा बढाउदै लगेका छन् भने बैंकिङ क्षेत्र, स्थानीय तह र बिकासे अड्डाहरुमा पनि भिडभाड बढ्न थालेको छ।  

सरकारले अनिबार्य भनेका कारण बजार निस्कदा प्रहरीलाई देखाउन भए पनि अधिकांश स्थानीयलाई मुख छोप्नु झन्जटिलो बनेको छ। आर्थिक अवस्थाले मास्क फेर्न नसक्नेहका भित्तामा सहर जादा लगाउनका लागि भनेर एउटा मास्क झुण्डिएको हुन्छ। अन्यसमयमा मास्कको प्रयोग ब्यबहारिक पनि देखिदैन। लकडाउनको सुरुवाती दिनमा दैनिक दर्जनौ पटक हातधुनेहरुले बिस्तारै कम गर्न थालेका छन भने सेनिटाईजरको प्रयोग पनि घट्दै गएको छ।  

कोरोना संक्रमण घटेको भनिए पनि डर भने कायमै रहेको स्थानीय बताउँछन्। ‘अहिले बजारमै समेत आफ्नो सुरक्षाका लागि भन्दा पनि सुरक्षाकर्मीबाट बच्नलाई मास्क लगाएको जस्तो देखिन्छ।’ नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष भन्छन् ‘डर हराए पनि त्रास चाहि कायम नै छ।’ उनका अनुसार मृत्यु दर कम हुनु र जनचेतनाको पनि कमिका कारणले स्थानीयहरुले कोरोनाको जटिलता तिर ध्यान दिन सकेका छैनन्।  

जनप्रतिनिधिहरु पनि स्थानीयमा डर हराउदै गएको बताउछन। ‘डर हराउदै गए जस्तो देखिन्छ। सबैले पचाउदै गए।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी भन्छन् ‘पहिले संक्रमण नहुदा सबैमा डर देखियो तर जब अहिले ध्यान दिनुपर्ने बेला आयो सबैको डर हराउदै गयो।’ उनका अनुसार अहिलेको बानि ब्यबहारले संक्रमण बढाउने चिन्ता थपेको छ। ‘अझै केहि समय सबैले सजकता अपनाउनु पर्ने देखिन्छ।’

‘कोरोनाका कारणले मरिदैन भन्ने कुरा बिस्तारै मान्छेले बुझदै गएपछि डर हराउदै गएको हो। तर डर हराउदै गएर साबधानी अपनाईएन र समुदाय स्तरमा रोग फैलियो भने जोखिम ब्यबस्थापनमा कठिन हुन्छ।’ रोल्पा अस्पतालका डा. अनिल केसि भन्छन् ‘अझै पनि साबधानी अपनाउनु पर्ने देखिन्छ।’ उनका अनुसार सहज रुपमा लिनु सकारात्मक हो तर साबधानी अपनाउनु पर्छ। समुदाय स्तरमा पुग्नुबाट रोक्नलाई सजकता अपनाउनै पर्छ।  

कोराना त्राससंगै गरिएको लकडाउनपछि हाल सम्म रोल्पामा ११ हजार ८ सय ३० जना क्वारेन्टिनबाट घर फिर्ता भएका छन् भने अझै पनि भारत वा तेस्रो मुलुकबाट आएका ३ सय ८८ जना क्वारेन्टिनमा छन्।

१ हजार ४ सय ६५ जनाको पिसिआर परिक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको थियो। संक्रमित मध्य ४२ जना कोरोना मुक्त भएर घर गएका हुन् भने ७ जना अझै पनि आईसोलेशनमा छन्।  सरकारले सबैको स्वाब परिक्षण गर्न नसक्ने भए पछि यतिबेला बिदेशबाट आएका समेत १४ दिन क्वारेन्टिनमा बसेर परिक्षण बिना घर गईरहेका छन्।  

बिश्वभर कोरोना संक्रमणको दर बढि रहदा रोल्पामा भने परीक्षण नै हुन नसक्दा डर हराउदै गएको हो। केन्द्र र प्रदेश सरकारले कोरोना शिर्षकमा कुनै प्रकारको खर्च नदिए पछि स्थानीय तहहरु बाहिरबाट जिल्ला भित्रिनेहरुको ब्यबस्थापन मै आत्तिएका देखिन्छन्।  

प्रयाप्त परीक्षण नगरिएका कारणले संक्रमितको संख्या भने बढेको देखिदैन। स्थानीय तह, प्रदेश र केन्द्र सरकारले फितलो ब्यबस्थापन र परीक्षण नै गर्न नसकिएको कुरा ध्यानमा राख्दै रोग ब्यबस्थापना थप चासो दिनु पर्ने देखिन्छ। त्यसो त लामो समयको लकडाउनले आत्तिएका आम नागरिकलाई थप सुसुचित गर्दै कोरोनाबारेका तथ्य र भ्रम चिर्नु पर्ने देखिएको छ।

प्रकाशित: २९ असार २०७७ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App